इन्फो नेपाल — सञ्चारको सञ्जाल

आज हेटौँडा म्युजिक फेस्टिवल: लोकप्रिय कलाकारहरूको प्रस्तुति रहने

हेटौँडा | हेटौँडामा आज एक विशेष सांगीतिक कार्यक्रम हुँदैछ। क्युब इभेन्टद्वारा आयोजित "हेटौँडा म्युजिक फेस्टिवल २०८१" ले स्थानीय र राष्ट्रिय स्तरका कलाकारहरूलाई एकै मञ्चमा ल्याउँदैछ।

कुब इभेन्टले आयोजना गरेको यस म्युजिक फेस्टिवलमा नेपाली संगीत क्षेत्रका चर्चित र लोकप्रिय कलाकारहरूले आफ्नो प्रस्तुति दिनेछन्। कार्यक्रममा द एलिमेंट, पूर्ण राई एण्ड दाजुभाई, सतिस घलान लगायतका कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ। यसका साथै अन्य चर्चित र स्थानीय कलाकारहरूले पनि आफ्नो प्रस्तुति दिनेछन्।

आयोजक परिवारले यस महोत्सवले हेटौँडा र आसपासका क्षेत्रका संगीत प्रेमीहरूलाई एक अविस्मरणीय सांगीतिक अनुभव प्रदान गर्ने अपेक्षा गरेको छ। कार्यक्रम हेटौँडा-४ स्थित भुटानदेवी स्कुल चौरमा शनिबार दिउँसो ४ बजेदेखि हुने जनाइएको छ।

कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिहरूले खल्ती एप मार्फत वा कार्यक्रम स्थलबाटै टिकट खरिद गर्न सक्नेछन्।

सम्बन्धित समाचार

हेटौँडाबाट ६ किलोमिटरमै प्रकृतिको काखमा रमाउने गन्तव्य मनकामना

हेटौँडा । सहरको कोलाहल, सवारीसाधनको चाप र धुलोधुवाँबाट केही समय टाढा रहेर प्रकृतिसँग रमाउन चाहनेहरूका लागि मकवानपुरको मनकामना मन्दिर क्षेत्र आकर्षक गन्तव्य बन्दै गएको छ । हेटौँडा ब…

घुमन्ते

मकवानपुरका पाँच गाउँपालिकासहित हेटौँडामा विद्यालय बन्द

हेटौँडा, ८ असोज । भारी वर्षासँगै बाढी, पहिरो तथा खोला–खहरेमा पानीको बहाव बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै मकवानपुरका पाँच गाउँपालिका र हेटौँडा उपमहानगरपालिकाले विद्यालय बन्द गर्न…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

शव पहिचानमा सघाउन हेटौँडामा प्रोजेक्टरसहितको कक्ष

हेटौँडा | रसुवाको भोटेकोशी बाढीमा मृत्यु भएका तर पहिचान हुन नसकेका व्यक्तिको सनाखतमा सहयोग पुर्‍याउन हेटौँडा उपमहानगरपालिकाले प्रोजेक्टरसहितको कक्ष सञ्चालनमा ल्याएको छ। नगर प्रमुख…

इन्फो नेपाल संवाददाता