इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न साइक्लिङ

सुनसरी / इटहरीका धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने उद्देश्यले २६ किलोमिटर लामो ‘तरहरा कोरा साइक्लिङ च्यालेन्ज–२०८०’ भएको छ । हिजो बिहान तरहरा साइकलिङ संघले आयोजन गरेको साइक्लिङ च्यालेन्जमा काठमाडौ, नेपालगञ्ज, बुटवल, बर्दिया, धरान, बिराटनगर लगायतका ठाउबाट आएका ३ सय १ जना साइकलप्रेमीहरुको सहभागिता थियो । साइकल यात्रा बिहान ७ बजे इटहरीको तरहरा चौकबाट सुरु भएर तालतलैया, भुल्के मन्दिर, प्रणामी मन्दिर धार्मिक क्षेत्र, इटहरी चौक, बक्लौरी हुदै पुनः तरहरा क्षेत्रमा फर्किएको थियो । केहीबेरमै स्थानीय झाँकी समेत प्रस्तुत गरियो । साकेलासँगै लाखे नाच पनि केहीबेर प्रस्तुत गरिएको थियोे । स–साना बालबालिकादेखि पाका उमेर समूहका मानिसहरू पनि कोरा च्यालेन्जमा सहभागी भएका थिए । कोरा तामाङ भाषाको शब्द हो । यसको अर्थ धार्मिक र पवित्र स्थल, मठ मन्दिरहरुको पवित्र मनले दाहिने पारेर परिक्रमा गर्नु भन्ने बुझिन्छ । स्वास्थ्यका लागि साइक्लिङको महत्व दर्शाउन र धार्मिक तथा पर्यटकिय क्षेत्रको प्रचारप्रसारको लागि देशभित्र र बाहिर बिभिन्न शहरमा कोरा साइकल च्यालेन्ज आयोजना हुँदै आएको र कोरा च्यालेन्जकै लागि काठमाडौँदेखि आएका नेपाल प्रहरीका एसएसपी सञ्जीव शर्माले पर्यावरणको सौन्दर्यतासँगै पर्यटन प्रबद्र्धनमा साइक्लिङले कारण सहज हुने बताए । उद्घाटन कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नं. २० का वडाध्यक्ष मणिराम श्रेष्ठ, इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेलगायत स्थानीय बुद्विजीवीहरूको उपस्थिति थियो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क