इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीको छुट्टाछुट्टै ठाउँमा मोटरसाइकल र बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

सुनसरी / सुनसरीको छुट्टाछुट्टै ठाउँमा मोटरसाइकल र बस दुर्घटना हुँदा दुई जनाको मृत्यु र दुई जना घाइते भएका छन् । इटहरी उपमहानगरपालिका- १२ चौकीमोडमा उत्तरबाट दक्षिण आउँदै गरेको मोटरसाइकलको ठक्करबाट एकको मृत्यु भएको छ । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार मृत्यु हुनेमा भारत बिहार घर भइ हाल इटहरी- १२ स्थित रिलायन्स फ्याक्ट्रीमा काम गर्ने ५० वर्षीय लालुप्रसाद विश्वास रहेका छन् । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बागमती प्रदेश–०२–०३१ प ०६११ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेको साइकललाई ठक्कर दिँदा उनको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालक काठमाण्डौँको नागर्जुन नगरपालिका-८ मा बस्ने २६ वर्षीय सुभाष तामाङ र पछाडि सवार संखुवासभा जिल्लाको सभापोखरी गाँउपालिका- ६ बस्ने २५ वर्षीया शिखा लिम्बू घाइते भएका छन् । घाइते भएका अरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै, ईटहरी उपमहानगरपालिका-१७ पकलि चौक स्थित पुर्ब पश्चिम राजमार्गमा बसको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा रामधुनी नगरपालिका-५ मा बस्ने ७५ बर्षीय मंगलु चौधरी रहेका छन् । हिजो बेलुका साढे ४ बजे पश्चिमबाट पुर्ब तर्फ आउदै गरेको को १ ख ७७९५ नम्बरको बसले बाटो क्रस गर्दै गरेको साईकल यात्रीलाई ठक्कर दिँदा गम्भिर घाइते भएका चौधरीको धरानको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बेलुका साढे ७ बजे मृत्यु भएको थियो । ठक्कर दिने बस र चालकलाई ईलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा रहेको छ भने दुवै घटना विषयमा थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क