इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीमा ३० जना नगर प्रहरी थपिए

सुनसरी : इटहरी उपमहानगरपालिकामा ३० नगर प्रहरी थपिएर ४५ जना पुगेको छ । सोमबार देखि तालिममा सहभागी भएका नगर प्रहरीहरु अब कार्यक्षेत्रमा खटिने छन । २ जना सई ,चार जना हवाल्दार र २४ जना जवान थपिएका हुन । नगर प्रहरीलाई तालिमपछि कार्यक्षेत्रमा खटाईने छ । नयाँ नगर प्रहरीलाई करिब डेढ महिना तालिम दिईनेछ । तालिमको पहिलो चरणमा नगर प्रहरी परिचय तथा मूल्य शिक्षा र संविधान तथा ऐन नियम सिकाईने छ । नगर प्रहरी कार्य र भीड व्यवस्थापन र स्थानीय निकायको काम कर्तव्य र अधिकारबारे प्रशिक्षण गराईने छ । तालिम उद्घाटन समारोहमा उपमहानगर प्रमुख हेमकर्ण पौडेलले नगर प्रहरी थपिँदा उपमहानगरको सुव्यवस्था मजबुत हुने बताए । सडक अतिक्रमण गरेर सडकमा राखेको निमार्ण सामाग्री देखि बजार व्यावस्थापन सम्ममा नगर प्रहरी खटाईने छ । इटहरी उपमहानगरको नगर प्रहरी व्यवस्थापन ऐन २०७५ अनुसार नगर प्रहरीलाई महानगरपालिकाको सम्पत्तिको सुरक्षा र संरक्षण, उपमहानगरमा हुने विभिन्न सभा, समारोह, स्थानीय जात्रापर्वको सुरक्षा व्यवस्थापन, पार्किङ स्थलको रेखदेख तथा व्यवस्थापनको अधिकार दिईने मेयर पौडेलको भनाई छ । यस्तै, सरसफाइसम्बन्धी मापदण्डको कार्यान्वयन, न्यायिक समितिले गरेका मिलापत्र तथा निर्णय कार्यान्वयन, सार्वजनिक जग्गा तथा सम्पत्तिको संरक्षण, विपद् व्यवस्थापन, छाडा पशु नियन्त्रण, अनधिकृत निर्माणमा रोक लगायतका जिम्मेवारी नगर प्रहरीलाई दिईने मेयर पौडेलको भनाई छ । इटहरी कोशी प्रदेशकै हब भएको भन्दै इटहरीमा नगर प्रहरीको संख्या अझै कम भएको नगर प्रमुख पौडेलको भनाई छ । इटहरीको मुख्य चोक सँगै भित्री सडकहरुमा समेत नगर प्रहरीहरुलाई जिम्मेवारी दिएर पठाईने इटहरी उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत रामचरित्र मेहताले जनाए । इटहरीको बढ्दो जनसंख्याको कारण भिड भाड व्यावस्थापन गर्न अति आवश्यक भईरहेको उनको भनाई थियो । यस अघि १५ जना मात्र नगर प्रहरी थिए । नगर प्रहरीको लागि गाडी समेत खरिद गरिसकेको उपमहानगरले जनाएको छ । तालिम समारोह कार्यक्रममा वोल्दै इलाका प्रहरीका कार्यालय इटहरीका डिएसपी टेकबहादुर कार्कीले नगर प्रहरी थपिएसँगै इटहरी उपमहानगर क्षेत्रमा सहज हुने बताए । थप नगर प्रहरीले बजार व्यवस्थापनमा महत्वपूर्ण सहयोग हुने डिएसपी कार्कीले बताए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क