इन्फो नेपाल — सञ्चारको सञ्जाल

उपेन्द्र यादवले २२४ मत ल्याउदा, रमेश खरेललेको कति?

काठमाडौँ — बारा क्षेत्र नं २ को प्रारम्भिक मत परिणाम अनुसार जसपाका उपेन्द्र यादवले २२४ मत प्राप्त गरेका छन् । जनमतका शिवचन्द्र कुशवाहले १७० मत प्राप्त गरेका छन् भने एमालेका पुरुषोत्तम पौडेलले १६६ मत प्राप्त गरेका छन् । हालसम्म ६७० मत गणना भइसक्दा रास्वपाका रमेश खरेलले भने ८० मत ल्याएका छन् । यस्तै प्रभु शाह नेतृत्वको आम जनता पार्टीका उम्मेदवार अरुणा ज्ञवालीले १२ मत प्राप्त गरेकी छन् । बारा २ को मतगणना सोमबार १२ बजेपछि सुरु गरिएको हो । तीन स्थानमा भएको उपनिर्वाचन अन्तर्गत चितवनमा भने अहिलेसम्म मतगणना सुरु भएको छैन । तनहुँमा भने रास्वपाका स्वर्णिम वाग्लेले फराकिलो मतान्तरले अग्रता कायम गरेका छन् । बारा क्षेत्र न २ मा आइतबार सम्पन्न मतदानमा ६५ प्रतिशत मत खसेको थियो । जहाँ ५८ हजार नौ सय ३४ पुरुष र ४६ हजार तीन सय १४ महिला गरी कूल एक लाख पाँच हजार दुई सय ४८ मतदाता छन् । यस उपनिर्वाचनमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । लाईभ अपडेट : उपनिर्वाचन मतगणना अपडेट

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क