इन्फो नेपाल — सञ्चारको सञ्जाल

कबड्डी ४ लिक !

काठमाडौं । जेठ १३ प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘कबड्डी ४’ युट्युबमा लिक भएकाे छ । चलचित्रको क्लिप खिचेर अनलाइनमा नहाल्न अनुरोध र ताकेता गर्दागर्दै पनि पूरा चलचित्र नै युट्युबबाट बाहिरिएको हो । ‘दयाहाङ राई सपोर्ट रम्पा इन्टरटेनमेन्ट’ नामको युट्युब च्यानलमा चलचित्रको हलमा खिचिएको भिडिओ पोस्ट भएको छ । च्यानलमा चलचित्रको डेढ घण्टाको भिडिओ हालिएको छ । याे समाचार तयार पार्दासम्म भिडिओमा ४७ हजार ३६७ भ्युज आइसकेको छ । यसैगरी ‘युके योन्जन’ नामकाे युट्यबु च्यानलमा पनि हलमा खिचिएको एक घण्टा छ मिनेटको भिडिओ अपलाेड भएकाे छ । जेठ १४ गते पोस्ट गरिएको उक्त भिडिओमा याे समाचार तयार पार्दासम्म एक लाख ८४ हजार ३२२ भ्युज आएको छ । चलचित्र निर्माण तथा वितरक टोली भने पाइरेसी घटनामा बेखबर भएकाे पाइएकाे छ । ‘हलमा गएर चलचित्र हेर्ने दर्शकले क्लिपहरू खिचेर फेसबुक, टिकटक लगायत अनलाइन प्लेटफर्ममा क्लिपहरू हाल्दा चलचित्र क्षेत्र मारमा पर्छ । यसलाई रोक्न हामीले सक्दो प्रयास गरिरहेका छौं,’ कबड्डी-४ चलचित्रका वितरक गाेविन्द शाहीले टेकपानासँग भने, ‘यसरी डेढ घण्टासम्मकै भिडिओ अपलाेड भएकाे जानकारी आएको थिएन ।’ पूरा चलचित्रको भिडिओ नै युट्युबमा हाल्ने च्यानल/व्यक्तिविरुद्ध तत्काल कदम उठाउने उनले बताए । ‘१०-१५ सेकेन्ड सम्मको क्लिपलाई रोकेर सकिन्न भनेर हामीले छोडेका पनि हौं । तर पूरै भिडिओ राख्नेविरुद्ध कारबाहीमा जान्छाैं,’ उनले भने ।

सम्बन्धित समाचार

चितवनमा ‘पार्वती’को पत्रकार भेटघाट, भदौ १२ देखि देशभर प्रदर्शनमा आउँदै

चितवन | चितवनमा नेपाली चलचित्र ‘पार्वती’को पत्रकार भेटघाट तथा प्रचारप्रसार कार्यक्रम आयोजना गरिएको छ। निर्माण पक्षले चलचित्रको विषयवस्तु, कलाकार तथा प्रदर्शन तयारीबारे सञ्चारकर्मीह…

इन्फो नेपाल संवाददाता

भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पार्वती’को ट्रेलर सार्वजनिक

काठमाडौँ । आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पार्वती’को ट्रेलर सार्वजनिक भएको छ। निर्माण टिमले बिहिबार पत्रकार सम्मेलनमार्फत रिलिज गरेको हो। यस ट्रेलरलाई दर्शकले ओएस…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार बिक्री

काठमाडौं । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘पार्वती’ले प्रदर्शनअघि नै अन्तर्राष्ट्रिय बजारमा सफलता हात पारेको छ। निर्माण पक्षका अनुसार फिल्मको अमेरिका प्रदर…

इन्फो नेपाल संवाददाता