इन्फो नेपाल — सञ्चारको सञ्जाल

कृषकलाई कृषि एम्बुलेन्स

हेटौँडा | हेटौंडाको बिहाको चिसो मौसममा हल्का घामले न्यानो गराईरहेको थियो । आधामार कृषक समूहका अध्यक्ष फेन्चु लामा उत्साहित अनुहारमा थिए। यो दिन उनीहरूको लागि विशेष थियो—कृषि एम्बुलेन्स प्राप्त गर्ने दिन।

हेटौंडा उपमहानगरपालिकाले संघीय सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको सहयोगमा चिस्यानयुक्त कृषि एम्बुलेन्स खरिद गरी आधामार कृषक समूहलाई हस्तान्तरण गर्दै थियो। यो सवारीसाधन किसानहरूका लागि सपना जस्तै थियो। तरकारी र फलफूललाई स्वच्छ रूपमा बजारसम्म पुर्‍याउने झन्झटको अन्त्य हुनेछ भन्ने आशाले कृषकहरूमा नयाँ उमंग भरिएको थियो।

३४ लाख ९० हजारको लागतमा खरिद गरिएको यो विशेष एम्बुलेन्स गत आर्थिक वर्षमा प्राप्त संघीय अनुदान र उपमहानगरको थप १९ लाख रुपियाँमा  लगानीबाट सम्भव भएको थियो। यो एम्बुलेन्स हस्तान्तरण गर्न नगर प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँ, हेटौंडा-१७ का अध्यक्ष उद्धब सत्याल, र प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद गौतमको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको थियो।

चाबी र सम्झौता पत्र हस्तान्तरण गर्दै नगर प्रमुख लामाले भनिन्, “कृषकहरूको उत्पादनलाई न्यूनतम लागतमा स्वच्छ र सहज तरिकाले बजारसम्म पुर्‍याउन यो एम्बुलेन्स महत्वपूर्ण साधन हुनेछ।”

प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद गौतमका अनुसार, चिस्यानयुक्त एम्बुलेन्सका कारण फलफूल र तरकारीका उत्पादनहरू ताजा र गुणस्तरीय रूपमा उपभोक्तासम्म पुर्‍याउन सकिनेछ।

आधामार कृषक समूहले यो जिम्मेवारी पाउनु सहज भने थिएन। उपमहानगरले खुलेको प्रतिष्पर्धामा सहभागी दुई कृषक समूहमध्ये मुल्याङ्कनको आधारमा योग्य ठहर गरी आधामारलाई छनोट गरेको थियो।

“यो एम्बुलेन्सले हाम्रो उत्पादनको मूल्य मात्र होइन, आत्मविश्वास पनि बढाउनेछ,” अध्यक्ष फेन्चु लामाले खुसी व्यक्त गर्दै भने।

यो मात्र होइन, हेटौंडा उपमहानगरपालिकाले सोही दिन बागमती गाउँपालिकालाई विपद्‌ व्यवस्थापनका लागि दमकल, सुमो, र पिकअप सवारी पनि हस्तान्तरण गरेको थियो। स्थानीय सरकारको यो पहलले कृषकहरूको जीवनस्तर सुधार गर्न मात्र नभई, ग्रामीण क्षेत्रमा उत्पादित सामग्रीको उचित बजारीकरणमा पनि महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ।

सम्बन्धित समाचार

हेटौंडा–कुलेखानी सडक आज बन्द, कान्ति लोकपथ प्रयोग गर्न आग्रह

हेटाैडा । मकवानपुर प्रशासनले हेटौंडा–भैंसे–भीमफेदी–कुलेखानी सडक आज एक दिनको लागि बन्द गरेको छ । मकवानपुरको हेटौंडा–भैंसे–भीमफेदी–कुलेखानी हुँदै काठमाण्डौ आउजाउ गर्ने गाडी आज शुक्रब…

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते