सुनसरी / उदयपुरको गाईघाटबाट इटहरी आँउदै गरेको गुडिरहेको म्याजिक भ्यानमा बेल्टारमा आगलागी भएको छ ।
उदयपुरको सदरमुकाम गाईघाटबाट मदन भण्डारी लोकमार्ग हुँदै सुनसरीको इटहरीतर्फ जाँदै गरेको प्र ०२–००२ च ५०२१ नम्बरको म्याजिक भ्यानमा आगलागी भएको हो । आगलागीबाट १३ लाख ५० हजारको क्षति भएको गाईघाट प्रहरी कार्यलयले जनाएको छ ।
चौदण्डिगढी नगरपालिका- ६ बेल्टारमा म्याजिक भ्यान गुडिरहेको अवस्थामा अचानक आगलागी हुँदा गाडीसहित गाडीभित्र रहेको ५० काटुन थुक्पा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट म्याजिक भ्यान नियन्त्रणमा आएको छ । सवारी धनी मोतिराम थापाले गुडिरहेको गाडीमा कसरी आगलागी भयो भन्नेबारे जानकारी नभएको बताए ।
काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। फेरिचे हेलिप्याडमा अव…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…