इन्फो नेपाल — सञ्चारको सञ्जाल

गौतमबुद्ध क्रिकेट रंगशालाले पायो थप बजेट

हेटौँडा | बागमती प्रदेश सरकारले चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाको विकासलाई गति दिने प्रयास गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस महत्वाकांक्षी परियोजनाका लागि थप १ करोड ८० लाख रुपैयाँको बजेट स्वीकृत गरेको छ।

प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला एवं कानुन मन्त्री गंगानारायण श्रेष्ठले यो निर्णयबारे जानकारी दिँदै भने, "यो रकम भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरिनेछ। हामीले यसअघि नै ५ करोड रुपैयाँ उपलब्ध गराइसकेका छौं।"

रंगशाला निर्माणको पहिलो चरणमा १० हजार दर्शक क्षमताको प्याराफिट, क्रिकेट पिच र मैदान निर्माण गर्ने योजना रहेको छ। यस परियोजनाको कुल लागत अनुमान ७५ करोड रुपैयाँ रहेको छ, जसमध्ये ७०% रकम प्रदेश सरकारले र बाँकी ३०% भरतपुर महानगरपालिकाले व्यहोर्ने सहमति भएको छ।

मन्त्रिपरिषद् बैठकले गरेको निर्णय संचारकर्मीहरुलाई जानकारी गराउदै बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला एवं कानुन मन्त्री गंगानारायण श्रेष्ठ ।

मन्त्री श्रेष्ठले थप बताए, "हामी यो परियोजनालाई प्राथमिकतामा राखेका छौं। यसले न केवल स्थानीय क्रिकेट प्रतिभाहरूलाई प्रोत्साहन गर्नेछ, बल्कि यसले पर्यटन र स्थानीय अर्थतन्त्रलाई पनि बढावा दिनेछ।"

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क