इन्फो नेपाल — सञ्चारको सञ्जाल

घरमा गोली हानेर एक करोड रुपैयाँ माग्ने तीन जना हतियारसहित पक्राउ

मकवानपुर: मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९, स्थित बाक्लो बस्तीभित्र रहेको एक घरमा घरमा गोली हानेर एक करोड रुपैयाँ माग्ने तीन जनालाई मकवानपुर प्रहीले  हतियारसहित पक्राउ  गरेको छ  । आफ्ना भतिजले ठूलोबुबाको घरमा एक करोड रुपैयाँ फिरौती माग्ने योजना बुन्दै घरको भित्तामा पाँच राउण्ड गोली प्रहार गरेको मकवानपुर प्रहरीले जानकारी दिएको छ । तीन जनाको समूहले हेटौँडा उपमहानगरपालिका–९, स्थित सूर्यप्रसाद पौडेलको घरमा १९ मंसिर रातको समयमा गोली प्रहार गरेको थियो । गोली प्रहार गर्ने मसूहमा थिए, हेटौँडा–९ का ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्री । एउटै वडाका ३ जनाले एक करोड रुपैयाँ फिरौती माग्ने योजनाअनुसार घरको भित्तामा गोली चलाएको मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिए । उनीहरूले मानवीय क्षति हुने गरी गोली प्रहार गरेका भने थिएनन् । एक करोड रुपैयाँ माग्न तर्साउने हिसाबले गोली हानेको पाइएको छ । एसपी रिजालका अनुसार गोली हानेपछि सूर्यप्रसादलाई ‘एक खोका’ भन्दै हिन्दी भाषामा एक करोड रुपैयाँ फिरौती मागिएको थियो । सूर्यप्रसाद पक्राउ परेका निश्चल पौडेलका सहोदर ठूलोबुबा हुन् । घटनाको मुख्य योजनाकारका आरोपित पौडेलले छिमेकमा विवाहको मौका पारेर ठूलोबुबाको घरमा गोली प्रहार गर्न लगाएको प्रहरीले जनाएको छ । ‘स्थानीयले सुरुमा विवाह भएकाले पटका पड्काएको भन्ठानेको पाइयो । पछि पैसा मागेपछि अनुसन्धान गर्दै जाँदा घरमा गोली हानिएको भेटियो । घरमा सरसफाई गर्ने क्रममा गोलीको खोका भेटिएपछि प्रहरीलाई खबर आएको थियो’, एसपी रिजालले भने, ‘घरको भित्तामा पाँच गोली लागेको निशान नै भेटिएको छ । पहिला गोली हानेर पछि हिन्दी भाषामा पैसा मगिएको थियो ।’ एसपी रिजालले हेटौँडामा गम्भीर प्रकृतिको घटना घटेको बताए । ‘गोली हानेको संकेत मात्र हो, एक खोका पैसा भएन भने जे पनि हुन सक्छ भनेर आरोपितहरूले फोनबाट धम्की दिएका थिए’, एसपी रिजालले भने । अनुसन्धानमा आफैँ खटिएका एसपी रिजालले आरोपितहरूले हेटौँडा बजारमा कोठा लिएको बताए । कोठामा छापा मार्दा योजनाकार निश्चलको साथबाट स्वचालित पेस्तोलसहित २० थान गोली बरामद गरेको प्रहरीले जानकारी दिएको छ । आरोपितहरुले हेटौँडा–४ मा कोठा लिएर लागुऔषधको समेतको कारोबार गर्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीले तीन आरोपितको साथबाट २ वटा मोटरसाइकल, २ ग्राम चार सय मिलिग्राम खैरो हिरोइन, लागुऔषध तौल गर्ने तराजु, ५ थान मोबाइल र ५० हजार रुपैयाँ बरामद गरेको छ । पक्राउ परेका तीन जनालाई प्रहरीले ज्यान मार्ने उद्योग, लागुऔषध कारोबार र हातहतियारसम्बन्धी मुद्दा चलाउने एसपी रिजालले जानकारी दिए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क