इन्फो नेपाल — सञ्चारको सञ्जाल

चितवनमा मतगणनाको तयारी

भरतपुर। चितवनमा झण्डै ६५ प्रतिशत मत झरेको छ । चार लाख आठ हजार ३४२ मतदाता रहेको चितवनमा दुई लाख ६४ हजार मत खसेका प्रारम्भिक तथ्याङ्क आएको चितवनका प्रमुख जिल्ला अधिकारी आशमान तामाङले जानकारी दिनुभयो ।   चितवनमा ३ संघीय र ६ प्रदेश क्षेत्र रहेको छ । मतदान सकिएपछि अहिले सबै क्षेत्रमा मतपेटिका ल्याउने क्रम जारी छ । राती अबेरसम्ममा सबै क्षेत्रबाट मतपेटिका जम्मा हुने र त्यसपछि मात्रै मतगणनाका बारेमा सर्वदलीय निर्णय हुने चितवनका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिनुभयो ।  चितवनमा १६२ वटा मतदानस्थल त्यसअन्तर्गत ४६० वटा मतदान केन्द्रमा आज निर्वाचन भएको थियो । मत गणना चितवन क्षेत्र नम्बर १ को खैरहानीस्थित विद्यालयमा क्षेत्र नम्बर २ को भरतपुरस्थित औधोगिक प्रदर्शनी केन्द्रको हलमा र ३ को रामपुरस्थित कृषि तथा वन विश्व विद्यालयमा मत गणना गर्ने तयारी भइरहेको छ । 

सम्बन्धित समाचार

धादिङको रुबीभ्यालीमा बोलेरो जिप दुर्घटना हुँदा १ महिलाको मृत्यु, गम्भीर ६ घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं लगियो

धादिङ । धादिङको रुबीभ्याली गाउँपालिका–४ स्थित कलदाङमा बोलेरो जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्। घाइतेमध्ये गम्भीर अवस्थाका ६ जनालाई थप उपचारका ल…

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

आज बिहान काठमाण्डौ विश्वका प्रदूषित शहरहरुको सूचीमा ५औं स्थानमा

काठमाण्डौँ । काठमाण्डौ उपत्यकाको वायु प्रदूषण अस्वस्थकर स्तरमा पुगेको छ। अन्तर्राष्ट्रिय वायु प्रदूषण अनुगमन संस्था (आईक्यू एयर) ले आज बिहान सार्वजनिक गरेको तथ्याङ्कअनुसार काठमाण्ड…

इन्फो डेस्क