इन्फो नेपाल — सञ्चारको सञ्जाल

चुम्बन काण्ड पछी भाइरल बनेकी राज्यमन्त्री कुटपिटमा पनि माहिर

काठमाडौं । चुम्बन काण्डमा भाइरल बनेकी राज्यमन्त्री कुटपिटमा पनि माहिर छिन । लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वली एक महिलालाई कुटपिट गरेपछि पुनः विवादमा तानिएकी हुन् । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ५ सब्जीमण्डि स्थित वाइसीएलका नेता समेत रहेका एकराज बस्नेतको घरभित्र पसेर उनले एकराजकी श्रीमती र पाँच वर्षिया छोरीमाथि मंगलबार विहान कुटपिट गरकी थिइन् । स्थानीयबासीले कुटपिट गरेको भनेर गुनासाे गरेपछि राज्यमन्त्री वलीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरेको थियो । वलीको कुटाइबाट मीनाको अनुहार र छातीमा चोटपटक लागेको छ भने कुर्ता च्यातिएको छ । विमला एकराजको घरमा सुरक्षागार्डसहित झण्डावाल सरकारी गाडीमा पुगेकी थिइन् । ‘बिहानै गेट खोल भन्दै राज्य वली आउनु भयो । गेट खोलेर भित्र आएपछि एकराज खोइ भन्दै खोज्नुभयो, पीडित मिनाले सञ्चारकर्मीहरुसँग भनिन्, ‘त्यसपछि भित्र आएर दराजमा भएका लुगाहरु फालिदिनु भयो । मलाइ गालामा हिर्काउनुभयो । मेरो कपडा पनि च्यातिदिनु भयो ।’ कुटपिटका समय वाइसिएल नेता एकराज भने घरमा थिएनन् । वलीलाई पहिले इलाका प्रहरी कार्यालय तुलसीपुरको नियन्त्रणमा राखिएको थियो । कुटपिटमा परेकी मिनाले जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालय घोराही लगिएको छ । वलीविरुद्ध जिल्ला प्रहरी कार्यालयबाटै मुद्दा प्रक्रिया अघि बढाइँदैछ । राज्यमन्त्री वलीले एकराज आफ्नो श्रीमान् भएको दाबी गर्दै आफूमाथि कुटपिट गरेको पीडित मीना भण्डारीको गुनासो छ । वलीलाई प्रहरीले इप्रकाबाट निकालेर जिल्ला प्रहरी कार्यालय लाँदा पीडितका आफन्तले नाराबाजी गरेका थिए । प्रहरीले नाराबाजी गर्नेमाथि सामान्य बल प्रयोग गरी राज्यमन्त्री वलीलाई जिप्रका घोराही लगेको थियो । राज्यमन्त्री वली एमालेबाट दाङ ३ ‘ख’ बाट प्रदेशसभा सदस्य निर्वाचित भएका उत्तरकुमार वलीको श्रीमती हुन् । उनका श्रीमान उत्तरकुमारको दुर्घटनामा मृत्यु भएपछि सोही क्षेत्रमा भएको उपनिर्वाचनमा तत्कालीन नेकपाबाट विमला सांसद निर्वाचित भएकी थिइन् । नेकपा विभाजनपछि उनले माओवादी केन्द्र रोजेकी थिइन् । गत वर्ष वली लुम्बिनीमा सरकार जोगाउनुपर्ने एमाले र नयाँ सरकार बनाउने तयारी गरेको माओवादी केन्द्रको तानातानमा परेकी थिइन् । आफूलाई तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलले बन्धक बनाएको आरोप लगाएर पत्रकार सम्मेलन समेत गरेकी थिइन् । पुनः पछिल्लो समय महिला र बालिकालाई घरभित्रै कुटेपछि राज्यमन्त्री रहेकी वली विवादमा तानिएकी हुन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क