इन्फो नेपाल — सञ्चारको सञ्जाल

चैत २४ गते बन्दैछ बुद्धादित्य योग, यी ५ राशि हुनेलाई मनग्य धन लाभ हुनेछ

काठमाडौं : मीन राशिमा बुध र सूर्यको संयोगले चैत २४ गते बुद्धादित्य योग बनिरहेको छ । चैत १५ गते सूर्य मीन राशिमा प्रवेश गरेको थियो भने अब चैत २४ गते बुध पनि यस राशिमा प्रवेश गर्दैछ । अप्रिलसम्म दुवै ग्रह मीन राशिमा सँगै रहनेछन्। मीन राशिमा बुद्धादित्य योग बनाउँदा पाँच राशिका मानिसलाई फाइदा हुने ज्योतिषीहरुको भनाइ छ । यी ५ भाग्यशाली राशिहरु कुन–कुन हुनेछन् जानौँ । वृष राशिका- व्यक्तिको आयआर्जनमा वृद्धि हुने सम्भावना छ । यस राशिका मानिसहरु आर्थिक रुपमा बलियो हुनेछन् । करिब १५ दिनसम्म विभिन्न स्रोतबाट पैसा आइरहने छ । व्यापारी वर्गले पनि विशेष लाभ प्राप्त गर्नेछन्। मिथुन- सूर्य-बुधको कृपाले मिथुन राशिका व्यक्तिहरूलाई पनि धेरै फाइदा हुनेछ। नोकरी तथा व्यवसायमा परेका समस्या हट्नेछन् । आम्दानीमा बृद्धि हुनुका साथै उन्नतिको नयाँ बाटो खुल्नेछ । अचानक धन प्राप्ति हुनेछ र खर्च पनि नियन्त्रणमा रहनेछ। कर्कट – कर्कट राशिका व्यक्तिहरुको पनि बुद्धादित्य योगले भाग्यशाली रहनेछ । यस राशिका व्यक्तिहरुलाई हरेक काममा सफलता मिल्नेछ । यसैबीच विदेश जाने सपना पनि पूरा हुनसक्छ । कर्कट राशिका लागि १५ दिनको यो अवधि निकै शुभ मानिन्छ । कुम्भ – मीन राशिमा बुद्धादित्य योगको निर्माणले कुम्भ राशिका व्यक्तिहरूलाई आर्थिक रूपमा बलियो बनाउनेछ। ऋणमा दिएको पैसा फिर्ता गर्न सकिनेछ । बोलीमा संयम राख्नाले सम्बन्धमा मधुरता आउनेछ । इष्टमित्र तथा आफन्तजनको सहयोग मिल्नेछ ।

सम्बन्धित समाचार

तुलसी–दामोदरको विवाह गरी आज हरिबोधिनी एकादशी मनाइँदै

मकवानपुर ।आज कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी, देशभर भगवान् विष्णुको पूजा आराधना, तुलसीको विवाह र व्रत गरी मनाइँदैछ । यस दिन तुलसीलाई भगवान् दामोदर अर्थात विष्णुसँग वि…

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व समापन

मकवानपुर । छठ पर्वको मुख्य तथा अन्तिम दिन आज (सोमबार) बिहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अर्घ्य दिएसँगै यस वर्षको छठ पर्व समापन भएको छ। हिजो (आइतबार) साँझ अस्ताउँदो स…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

हेटौँडाको राप्ती तटमा छठका श्रद्धालुको चहलपहल सुरु, २ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन

हेटाैँडा । छठ पर्वको मुख्य दिन आज (आइतबार) साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिन मकवानपुरको हेटौँडास्थित राप्ती नदी किनारमा भक्तजन तथा दर्शनार्थीको उपस्थिति सुरु भएको छ। हेटौँडा उपमहा…

इन्फो डेस्क