इन्फो नेपाल — सञ्चारको सञ्जाल

जन्ती बोकेकोको बसले ठक्कर दिदाँ मोटरसाईकलमा सवार एकको मृत्यु

मकवानपुर । मकवानपुरको हेटौडामा बसले मोटरसाइकललाई ठक्कर दिदाँ एकको मृत्यु भएको छ । हेटौडाको राटोमाटे स्थित पुर्व पश्चिम सडकखण्डमा पथलैयाबाट भरतपुर तर्फ आउदै गरेको ना ४ ख ९५२० नम्बरको बसले सोही दिशा तर्फ आउदै गरेको ना ५३ प ८५२७ नम्बरको मोटराइकललाई ठक्कर दिई दुर्घटना हुँदा मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको छ । बसले ठक्कर दिँदा मोटरसाइकल पछाडी सवार जितपुर सिमरा उपमहानगरपालिका १२ बस्ने ३२ वर्षकी निशा कुमारीको मृत्यू भएको छ । त्यस्तै मोटरसाईल चालक रोशन कुमार राय भने सामान्य घाईते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ४३ वर्षका रोशन कुमार रायको बाँया खुट्टामा चोट लागेको छ । बस र चालक प्रहरीको नियन्त्रणमा रहेको र घाईतेको हेटौडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क