इन्फो नेपाल — सञ्चारको सञ्जाल

जेठ ७ गते देखी जेठ १३ गतेसम्मको साप्ताहिक राशिफल

जेठ ७ गते देखी जेठ १३ गतेसम्मको साप्ताहिक राशिफल– ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार साप्ताहिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको सप्ताह कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ साता उत्साहवर्द्धक रहनेछ। बोलीको माध्यमले काम सम्पादन हुनेछ। कार्यशैलीमा पनि सुधार ल्याउन सकिनेछ। पहिलेको कर्मफल प्राप्त हुनेछ। आँट गर्दा काम सम्पादन हुनेछ। छाेटाे समयमै विशेष उपलब्धि प्राप्त हुनेछ। जुझारु कार्यशैलीले लक्ष्यमा पुर्याउनेछ। चु दिगो फाइदा हुने नयाँ काम प्रारम्भ गर्न सकिनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । चलाखी पूर्ण बोलीले काम बन्न सक्छ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । सामाजिक र राजनैतिक कार्यमा पनि सफलता मिल्नेछ । यो साताका लागि शुभ अङ्क ३,५,र शुभ रङ्ग रातो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ । वृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो यो साता लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । शुभ समाचार सुन्न पाइएला । दाजुभाइ तथा साझेदारहरू सँग मिलेर गरिने पेशा व्यवसायबाट भनेजस्तो रुपैयाँ पैसा कमाउन सकिएला । पढाई लेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिने तथा न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् । विभिन्न अवसर प्राप्त हुनेछन् भने आँटले काम लिने समय छ। तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू पनि बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। सोमवार र मंगलवार भने वादविवादबाट अलि सावधान रहनुहोला। यो साताका लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग घिउ रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको दर्शन गरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ । मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह यो साता लाभहानी, सुखदुःख बराबरी मध्यम खालको दिन रहनेछ । घर परिवारमा आकस्मिक स्वास्थ्य बिग्रन सक्छ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । मङ्गलबारबाट प्राविधिक कार्यमा सफलता मिल्नेछ । पुँजी बजारको लगानी भने त्यति लाभदायक नहोला । प्रारम्भमा केही खर्चिलो काममा लगानी गर्नुपर्ला। तत्कालै फाइदा नहुने काममा जुट्नुपर्ने हुन सक्छ। आर्थिक अभावले पनि सताउने देखिन्छ। सोमवारपछि स्थिति क्रमशः अनुकूल हुनुका साथै पहिलेको अवस्थामा सुधार आउनेछ। आफ्नो समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ। यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग सेतो वा आकाशे हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ । कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो पछिसम्म लाभ हुने काम गर्न सकिनेछ। सहयोग र सरसापटमा केही रकम भने बाहिरिन सक्छ। साेमवार र मंगलवार खर्च बढ्नुका साथै अधिक रकम आवश्यक पर्न सक्छ। तापनि पछिका लागि लगानी गर्ने र सामान जोहो गर्ने समय छ। थैलीको मुख बलियो नहुँदा धनमाल हराउन सक्छ। बुधवारदेखि स्थिति अनुकूल बन्नेछ र आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ। आँटले काम सम्पादन हुनेछ। रमाइलो भेटघाट र खानपानको आनन्द प्राप्त हुनेछ। अध्ययनमा ध्यान केन्द्रित हुनेछ। हिम्मत गर्दा भाग्यले उचाइको बाटो अवलम्बन गर्नेछ। मध्य सातामा केही महत्त्वपूर्ण कार्यमा उल्झन र स्वास्थ्यमा समस्या आउन सक्छ । यो साताका लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग घ्यू रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो अविभावकको सल्लाह लिएर कार्य गर्नाले राम्रो हुन्छ । सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ। आँटले काममा सफलता दिलाउनेछ। आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ। आँटले सफलता समेत दिलाउनेछ। बुधवारपछि फजुल खर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। तापनि, पछिका लागि केही उपलब्धि जुट्नेछ। रकम जुटाउन केही समय लागे पनि सप्ताहान्तमा स्थिति अनुकूल बन्नेछ र काम बन्नुका साथै सुखद समाचार प्राप्त हुनेछ। यो साताका लागि शुभ अङ्क ५,७ र शुभ रङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको स्मरण गरी कार्य गर्नाले सफलता मिल्नेछ । कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो सुरुमा समस्या देखिए पनि समयको महत्त्व बुझ्नेहरूलाई भाग्यले साथ दिनेछ। धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ। केही लाभांश खर्चनुपरे पनि व्यवसायमा राम्रो आम्दानी हुनेछ। कर्मक्षेत्र सबल रहनेछ भने अवसरले पछ्याउनेछन्। मिहिनेतले राम्रै सफलता दिलाउनेछ। कीर्तिमानी काम सम्पादन हुनेछ। विशिष्ट व्यक्तिहरूसँगको सहकार्यले फाइदा दिलाउनेछ। व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। दिगो कामको जग बसाउने मौका छ। सप्ताहान्तमा खर्च बढ्नुका साथै केही असहज परिस्थिति सामना गर्नुपर्ला। यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग हरियो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शन गरी कार्य आरम्भ गर्दा अत्यन्त लाभ हुनेछ । तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते स्वास्थ्य कमजाेर रहे पनि कामको दायित्व बोझिलाे हुनेछ। साताभरि संघर्ष र चुनाैतीका शृंखला देखिए पनि बीचमा प्रशस्त फाइदा हुनेछ। सुरुमा अरूको स्वार्थमा उपयोग भइएला। धनमाल हराउन सक्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ने देखिन्छ। बुधवारदेखि स्थितिमा सुधार आउनेछ भने नयाँ अवसरले पनि उत्साह जगाउनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। रोकिएको काम बन्नुका साथै नयाँ काम सुरु हुनेछ। लगनशीलताले समस्या सुल्झाउन सकिनेछ। चुनौती पन्छाएर पनि लक्ष्यमा पुग्न सकिनेछ। महत्त्वपूर्ण कार्यमा व्यवधान आउने पनि देखिन्छ । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग गाढा खैरो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको दर्शन गरी कार्य गर्दा अधिक लाभ मिल्नेछ । वृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु यो साता धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ । नयाँ वस्त्र या उपहार पाइनेछ । रमणीय र सुखद् यात्राको योग छ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । प्राविधिक कार्यबाट सफलता मिल्नेछ । आर्थिक तथा सेयर कारोबारमा पनि राम्रै लाभ हुनेछ । यो साताका लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग हरियो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ । धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे आफन्तकाे साथ–सहयाेग नजुटे पनि जुझारु कार्यशैलीले उपलब्धि हातपार्न सकिनेछ। मंगलवारसम्म व्यापार र उद्योगमा फाइदा हुनेछ। बुधवारदेखि विवादास्पद जिम्मेवारी आउनेछन्। झूटा आराेप लाग्ने र शुभचिन्तकहरूले साथ नदिने सम्भावना रहनेछ, सतर्क रहनुहाेला। परिस्थितिले खर्च बढाउनेछ भने अर्थ अभावले आँटेको काम स्थगित हुन सक्छ। सप्ताहान्तमा स्वास्थ्य कमजोर रहनेछ। धनमाल बाहिरिनेछ भने अर्थ अभावले सताउनेछ। साताको अन्त्यमा अनावश्यक यात्रा हुनेछ । गरेका कार्यमा ढिलासुस्ती हुने देखिन्छ । यो साताका लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको दर्शन गर्नाले सफलता हात पर्नेछ । मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । स्वास्थ्य कमजोर देखिए पनि शुभचिन्तकहरूले साथ दिनेछन्। बुद्धिको उपयोगले अध्ययन तथा प्रतिस्पर्धामा अग्रस्थान लिन सकिनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। पेसामा फाइदाको स्रोत पहिल्याउन सकिनेछ। व्यापार–व्यवसायमा मनग्य धनलाभ हुनेछ। केही खर्च लागे पनि रमाइलो यात्रा गर्ने अवसर जुर्न सक्छ। मन मिल्ने साथीसँग व्यर्थैमा वादविवाद हुन सक्छ। तापनि मित्रता र प्रेमको गाँठो कसिने सम्भावना छ। ससप्ताहान्तमा भने केही खर्चिलो काम गर्नुपर्ला। स्वास्थ्यका लागि विशेष सावधान रहनुहोला।यो साताका लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग सिन्दुरे वा घिउ रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको आरधना गरी गरेको कार्यबाट अधिक सफलता मिल्नेछ । कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । प्रारम्भमा काम बिग्रने भयले सताउन सक्छ। गलत चिन्तनले आत्माविश्वास गुम्न सक्छ। आफन्तजन टाढिनाले एक्लोपनाको अनुभूति हुनेछ। शुभचिन्तकहरूको सुझावलाई मनन गर्नुहोला। सोमवारदेखि स्थितिमा केही सुधार आउनेछ। अध्ययनमा ध्यान केन्द्रित हुनेछ भने मिहिनेतले उपलब्धि दिलाउन सक्छ। रोकिएका काम बन्नेछन् र नयाँ काम प्रारम्भ गर्न सकिनेछ। आँट गर्दा दैनिकीले उचाइको बाटो समाउनेछ। पेसा–व्यवसायमा राम्राे फाइदा हुनेछ। रमाइलाे यात्रा गर्ने साइत जुर्न सक्छ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। यो साताका लागि शुभ अङ्क १,३ र शुभ रङ्ग पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ । मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि सप्ताहान्त विशेष रमाइलाे रहनेछ। साेमवार र मंगलवार पारिवारिक असमझदारी देखिए पनि चिताएको काम सम्पन्न हुनेछ। आफन्तको सहयोगले काम लिने कोसिस गर्नुहोला। बुधवारदेखि आम्दानीका स्रोत बढ्नुका साथै दिगो काममा सम्झौता हुन सक्छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ। जुझारु कार्यशैलीले लक्ष्यमा पुर्याउनेछ। साझेदारीमा अलि सावधान रहनुपर्ला। विहिवारबाट बोलीको विपरीत अर्थ लाग्न सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । यो साताका लागि शुभ अङ्क ६,९ र शुभ रङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु पूव विष्णु भगवानको स्मरण गरी कार्य प्रारम्भ गर्नले अधिक सफलता मिल्नेछ ।

सम्बन्धित समाचार

मंसिर ४ गते शुक्रबारको भाग्यफल

वृष, कर्कट, तुला र मीन राशिका व्यक्तिका लागि पारिवारिक सुख, आर्थिक योजना र व्यक्तिगत सम्बन्धका दृष्टिले अनुकूल संकेत छन्। मेष, मिथुन, कन्या र धनु राशिका व्यक्तिले कामकाज, अध्ययन तथ…

ज्यो. प. धुर्वराज सुबेदी

मंसिर ३ गते बिहीबारको भाग्यफल

आज २०८३ साल मंसिर ३ गते बिहीबार। आज कात्तिक शुक्ल दशमी तिथि परेको छ। विश्व शौचालय दिवस, अन्तर्राष्ट्रिय पुरुष दिवस तथा विश्व दर्शनशास्त्र दिवस पनि आजै मनाइँदै छ। मंसिर महिनाको सुरु…

ज्यो. प. धुर्वराज सुबेदी

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मंसिर २ गते बुधबारको भाग्यफल

आज २०८३ साल मंसिर २ गते बुधबार। आज कात्तिक शुक्ल नवमीका अवसरमा कुष्माण्ड नवमी तथा अक्षय नवमी मनाइँदै छ। यस दिन अमलाको वृक्ष र भगवान् विष्णुको पूजा गर्ने धार्मिक परम्परा छ। हेटौँडाक…

ज्यो. प. धुर्वराज सुबेदी