इन्फो नेपाल — सञ्चारको सञ्जाल

जेष्ठमा १४ हजार बढी भक्तजनले गरे पाथीभरा दर्शन, १६ लाख भेटी संकलन

ताप्लेजुङ । यस वर्षको जेठ महिनामा मात्रै १४ हजार भन्दा बढी भक्तजनले ताप्लेजुङको प्रसिद्ध पाथीभरा मन्दिरको दर्शन गरेका छन्। मन्दिरले त्यसैक्रममा १६ लाख ५० हजार रुपैयाँ बराबरको नगद भेटी संकलन गरेको छ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार जेठ महिनामा १६ लाख ६५ हजार ९५६ रुपैयाँ भेटी संकलन भएको हो। मन्दिरमा पूजापाठ गर्न आउने भक्तजनले चढाएको भेटीबाट सो रकम संकलन भएको हो।

"जेठ महिनामा मात्रै १४ हजार २८४ जना भक्तजनले पाथीभरा मन्दिरमा पूजा गरेका छन्," हाङबाङले भने, "उनीहरूबाट सङ्कलित १६ लाख ५० हजार बराबरको रकम बैंकमा जम्मा गरिएको छ।"

आर्थिक वर्ष २०७९/८० को जेठसम्मको तथ्यांकअनुसार यस वर्ष २ लाख २८ हजार ८९६ जनाले पाथीभरा मन्दिरको दर्शन गरिसकेका छन्। पाथीभरा क्षेत्र विकास समितिले हरेक महिना मन्दिरको आय सार्वजनिक गर्दै आएको छ।

पाथीभरा मन्दिर ताप्लेजुङको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य हो। मन्दिरले प्रत्येक वर्ष ठूलो संख्यामा भक्तजन तथा पर्यटकहरू आकर्षित गर्दै आएको छ। जेठ महिनामा भक्तजनको घुईँचो लाग्नु स्वाभाविक मानिन्छ।

सम्बन्धित समाचार

तुलसी–दामोदरको विवाह गरी आज हरिबोधिनी एकादशी मनाइँदै

मकवानपुर ।आज कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी, देशभर भगवान् विष्णुको पूजा आराधना, तुलसीको विवाह र व्रत गरी मनाइँदैछ । यस दिन तुलसीलाई भगवान् दामोदर अर्थात विष्णुसँग वि…

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व समापन

मकवानपुर । छठ पर्वको मुख्य तथा अन्तिम दिन आज (सोमबार) बिहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अर्घ्य दिएसँगै यस वर्षको छठ पर्व समापन भएको छ। हिजो (आइतबार) साँझ अस्ताउँदो स…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

हेटौँडाको राप्ती तटमा छठका श्रद्धालुको चहलपहल सुरु, २ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन

हेटाैँडा । छठ पर्वको मुख्य दिन आज (आइतबार) साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिन मकवानपुरको हेटौँडास्थित राप्ती नदी किनारमा भक्तजन तथा दर्शनार्थीको उपस्थिति सुरु भएको छ। हेटौँडा उपमहा…

इन्फो डेस्क