इन्फो नेपाल — सञ्चारको सञ्जाल

ज्येष्ठ नागरिकलाई मेयरले दिईन कम्बल, लैरो र मोबाईल फोन

मकवानपुर: हेटौंडा उपमहानगरपालिकाकी मेयर(प्रमुख) मिना कुमारी लामाले ज्येष्ठ नागरिकलाई कम्बल, लैरो र मोबाईल फोन वितरण गरेकी छन् । हेटौंडा उपमहानगरपालिकाले ३३औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा हेटौँडामा ज्येष्ठ नागरिकलाई सम्मान  गर्दै  उपमहानगरपालिका प्रमुख मीना कुमारी लामाले सम्मानस्वरुप एक थान कम्बल, एउटा लैरो र मोबाईल फोन वितरण गरेकी हुन् । सम्मान कार्यक्रममा पालिका भित्रका १९ वटा वडाका ज्येष्ठ नागरिकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा प्रत्येक वडाका गरिब तथा विपन्न ५/५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो ।  सम्मान कार्यक्रममा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण समेत गरिएको थियो । कार्यक्रममा उपमहानगरपालिको सामाजिक विकास महाशाखा प्रमुख विष्णुकुमारी लामिछानेले ज्येष्ठ नागरिकहरुको हक अधिकार सुनिश्चित गर्न वडा–वडामा ज्येष्ठ नागरिक मञ्च गठन गरिएको बताउदै नगरस्तरीय ज्येष्ठ नागरिक मञ्च गठनको तयारीमा रहेको बताईन ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क