इन्फो नेपाल — सञ्चारको सञ्जाल

झापाबाट १४ वर्षदेखि छोरी बेपत्ता, जेठा छोरा पनि १६ वर्षदेखि बेपत्ता

सुनसरी / झापा जिल्लाकोल साबिक पृथ्वीनगर गाविस– ५ हाल भद्रपुर नगरपालिका- २ निवासी ३१ वर्षीय अम्बिका गिरी १४ वर्षदेखि सम्पर्क विहीन बनेकी छन् भने यता कुमार गिरी पनि १६ वर्षदेखि बेपत्ता छन् । झापा जिल्लाको भद्रपुरस्थित सगरमाथा मा.वि पढ्दै गर्दा भद्रपुर नगरपालिका- २ कि गिरी १६ वर्षकी हुँदा २०६४ सालमा आफ्नै छिमेकी तारादेवी लिम्बुले गाउँघर कै अन्य महिलाहरूलाई भारतको बाटो हुँदै कुवेत पुर्‍याएकी थिइन् । भारतको बाटो हुँदै वैदेशिक रोजगारीका लागि खाडी मुलुक कुवेत पुगेकी उनी अहिलेसम्म पनि परिवारको सम्पर्कमा आएकी छैनन् । पठाउने एजेन्ट तारादेवीको पनि ५ वर्षअघि हत्या भइसकेको छ । अब कसरी छोरीलाई खोज्नु भन्दै अम्बिकाकी ७३ बर्षीया आमा चन्द्रमाया यति बेला सरोकारवालासँग आग्रह गरिरहेकी छन् । कुवेत पुगेकी अम्बिका ६ महिनासम्म परिवारको सम्पर्कमा थिइन् । कुवेतको साल्मियाबाट अपर्णा थापाको नाममा छोरीले पिओ बक्स ७५४५, इ.ओढी. नम्बर २२०८६ लेखिएको ठेगानाबाट तीन पटक घरमा चिठ्ठी र आफ्नो फोटो पठाएकी थिइन् । त्यसपछि छोरी एकाएक सम्पर्कविहीन बनेको अम्बिकाकी आमा चन्द्रमायाले सुनाइन । त्यस्तै , छोरा पनि चन्द्रामायाको छोरी मात्र नभई जेठो छोरा कुमार गिरी पनि १६ वर्षदेखि बेपत्ता छन् । स्थानीय किचकबध मेलाको भोलिपल्ट हिँडेको जेठो छोरा कुमार अहिलेसम्म सम्पर्कमा नआएको उनको आमा अम्बिकाको भनाइ छ । २ सन्तान बेखबर बन्दाको पीडा बोकेर चन्द्रमाया यति बेला कान्छी छोरी अम्बिकाको खोजीमा भौतारिरहेकी छन् । आफ्ना सन्तान खोजी गरिदिन अम्बिकाले सबैसँग अपिल पनि गरेकी छन् । हुन त सरकारले वैदेशिक रोजगारीमा जानेहरूका लागि विभिन्न नियम ल्याए पनि त्यसको कार्यान्वयन पक्ष फितलो बन्दा यस्ता समस्या उत्पन्न हुने गरेको झापामा सुरक्षित आप्रवासन परियोजना सञ्चालन गरिरहेको विराट सामुदायिक अध्ययन केन्द्रका परियोजना संयोजक फणीन्द्र दाहाल बताउँछन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क