इन्फो नेपाल — सञ्चारको सञ्जाल

झापामा हात्ती धपाउन टांगिएको करेन्टमा परी एक व्यक्तिको निधन

सुनसरी / हात्तीबाट जोगिन आफ्नै घर अगाडि टांगेको बिजुलीको करेन्ट लागेर झापाको बिर्तामोड - ७ स्थित बाह्रघरे निवासी एक व्यक्तिको मृत्यु भएको छ । गएराति पिसाब गर्न बाहिँर निस्किँदा करेन्ट लागेर झापाको बिर्तामोड- ७ का ४९ वर्षीय खेम श्रेष्ठको मृत्यु भएको हो । करेन्ट लागेर सिकिस्त भएका श्रेष्ठलाई उपचारका लागि बिर्तासिटी हस्पिटल लगिएको थियोे । हस्पिटल ल्याइपुर्याउँदा राति साढे ११ बजे उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । श्रेष्ठले जंगली हात्ती धपाउन आफ्नै घरवरिपरि करेन्ट टांगेका थिए । हात्ती प्रभावित क्षेत्रका मानिसहरुले आफू र अन्नबाली जोगाउन त्यस किसिमको जोखिमपूर्ण उपाय अपनाउँदै आएका छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क