इन्फो नेपाल — सञ्चारको सञ्जाल

टेम्केमैयुङ गाउँपालिकाका विद्यालय बन्द गर्न आदेश

सुनसरी / भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिकाका विद्यालयहरूको पठनपाठन बन्द गर्न आदेशपत्र जारी गरेको छ । शाखा प्रमुख राजन ढकालको अध्यक्षतामा बसेको बैठकले कोभिड-१९ संक्रमण तीब्रमा फैलिएको र आमोक्रोन भेरियन्टको संक्रमण समेत पुष्टि भएको र यस गाउँपालिका भित्रका केही विद्यालयका शिक्षक र विद्यार्थीहरूमा पनि कोभिड-१९ संक्रमण पुष्टि भएकाले बिहीबार बसेको बैठक अनुसार माघ १५ गते सम्मका लागि गाउँपालिकाका विद्यालयहरूको पठनपाठन बन्द गर्न आदेश पत्र जारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोभिड-१९ संक्रमणको जोखिमलाई ध्यानमा राखि तोकिएका स्वास्थ्य सुरक्षाका मापदहरू ( माक्सको उचित , प्रयोग ,स्यानीटाइजरको प्रयोग र भौतिक दुरी कायम ) अनिवार्य रूपमा नियम पालना गर्नु पर्ने र गराउने पनि रहेको छ । २५ जना भन्दा बढी सहभागी हुने भिडभाडजन्य मेला , महोत्सव , सभा सेमिनार गोष्ठी लगायतका कुनै पनि कार्यक्रम नगर्न र नगराउन आदेश , सबै आधारभुत तथा माध्यमिक विद्यालयहरू सञ्चालनको हक नेपाल सरकार शिक्षा मन्त्रालयको निर्णयनुसार विद्यालय बन्द गर्न आदेश दिएको छ । कोभिड-१९ विरूद्वको खोप लगाउन छुट भएका १२ वर्ष भन्दा माथिका व्यक्तिहरूले नजिकको स्वास्थ्य संस्थामा गई खोप लगाउन र यसको लागि स्वास्थ्य कार्यलय र आवश्यक व्यवस्था सहजीकरण गर्न आदेश पत्र जारी गरेको छ ।

सम्बन्धित समाचार

किताबसँगै जीवनको सीप सिक्दै विद्यार्थी

हेटौँडा । सामान्यतया घरमा आमाबुबाले छोराछोरीलाई नयाँ कुरा सिकाउँछन्। तर हेटौँडा उपमहानगरपालिका–१८ हर्नामाडीकी सपना ढुङ्गानाको घरमा केही दिनअघि फरक अनुभव भयो। कक्षा ४ मा अध्ययनरत छो…

बसन्त भण्डारी

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क