इन्फो नेपाल — सञ्चारको सञ्जाल

डेङ्गुका बिरामीले निःशुल्क एम्बुलेन्सका लागि १०२ मा कल गर्न बालेनको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँमा डेङ्गु रोगको संक्रमण भएमा निःशुल्क एम्बुलेन्स उपलब्ध गराउन सक्ने बताएका छन् । डेंगुको शंका लागेमा या सिकिस्त भएमा १०२ नम्बरमा कल गरेर महानगरपालिकाको एम्बुलेन्स सेवा लिन बालेनले आग्रह गरेका छन् । मेयर बालेनले डेंगुका सन्दर्भमा ११८० नम्बरमा कल गरेर स्वास्थ्यकर्मीहरुबाट परामर्श लिन र १०२ नम्बरमा कल गरेर निःशुल्क एम्बुलेन्स सेवा लिन अनुरोध गरेका हुन्। सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘डेङ्गु संक्रमितहरुका लागि २४ घण्टे हटलाइन सुरु । संक्रमित भए वा भएको शंका लागेमा ११८० मा कल गरेर स्वास्थ्यकर्मीहरुबाट नै परामर्श पाउन सक्ने । आवश्यक भएमा १०२ मा कल गरेर महानगरको निःशुल्क एम्बुलेन्स सेवा लिन सक्नुहुनेछ।’

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क