इन्फो नेपाल — सञ्चारको सञ्जाल

दशैँको बेला ताप्लेजुङको पाथीभरामा दर्शनार्थीको घुइँचो

सुनसरी / चार्डपर्व लागे सँगै ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा दर्शनार्थीको घुइँचो लागेको छ । पाथीभरामा दसैँको घटस्थापनादेखि दर्शनार्थीको घुइँचो लाग्न थालेको हो । पाथीभरा क्षेत्र विकास समितिको तथ्याङ्क अनुसार घटस्थापनायता शनिबार बिहानसम्ममा २१ हजार ६३९ जना तीर्थयात्रीले पाथीभराको दर्शन गरेका छन् । समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेका अनुसार घटस्थापनाको पहिलो दिन एक हजार १४८ जना दर्शनार्थी पाथीभरामा पुगेका थिए । त्यसपछि हरेक दिन एक हजारभन्दा बढी दर्शनार्थीले पाथीभराको दर्शन गर्दै आएका छन् । सप्तमी अर्थात् दसैँको फूलपातीको दिन शनिबार पाथीभराको दर्शन गर्ने दर्शनार्थीको सङ्ख्या सबैभन्दा बढी देखिएको उनले बताए । आज अष्टमि दिनमा समेत दर्शनार्थी निकै आएका थिए । उनका अनुसार शनिबार बिहान ८ बजेसम्ममा तीन हजार २२५ जना तीर्थयात्री पाथीभराको दर्शन गर्न पुगेका थिए । उनका अनुसार अत्यधिक भिडका कारण दर्शनार्थी व्यवस्थापनमा निकै हम्मेहम्मे परेको थियो । दसैँ तिहारको समय पाथीभरा दर्शन गर्ने मुख्य सिजन भएकाले घटस्थापनादेखि दर्शनार्थीको भिड लाग्ने गर्दछ । विशेष गरी हिन्दु धर्मावलम्बीले पाथीभरालाई महत्वपूर्ण धार्मिक स्थलका रूपमा लिने गर्दछन् भने यो मौसममा हिन्दु धर्ममा आस्था राख्ने अधिक दर्शनार्थीले पाथीभराको दर्शन गर्ने गरेको समितिले जनाएको छ । हिन्दुबाहेक बौद्ध, किराँत, युमालगायतका धर्ममा आस्था राख्ने तीर्थयात्रीको समेत बाक्लै उपस्थिति हुने गरेको पाइएको छ । पाथीभरा देवीको नामले प्रख्यात तीर्थस्थल धार्मिक आस्थासँगै किराँती अर्थात लिम्बू समुदायले ‘मुक्कुमलुङ माङ’ को नाममा दर्शन गर्ने गरेका स्थानीय विव्रmमसिंह माबोहाङ लिम्बूले बताए। दसैँतिहार तथा रामनवमी अर्थात् चैतेदसैँको समयलाई पाथीभरा दर्शन गर्ने मुख्य सिजन मानिन्छ । समितिका अनुसार अहिलेको मुख्य सिजन भएसँगै ताप्लेजुङसहित पाँचथर, इलाम, तेह्रथुम, झापा, मोरङ, सुनसरीलगायत पूर्वी नेपालका जिल्लाबाट उल्लेख्य रूपमा तीर्थयात्री आएका छन् । यस्तै काठमाडौँसहित विभिन्न जिल्लाबाट र नेपालबाहिर भारतको दार्जिलिङ, सिक्किम, आसाम, पश्चिम बङ्गाललगायतबाट तीर्थयात्री आएका पनि पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

सम्बन्धित समाचार

तुलसी–दामोदरको विवाह गरी आज हरिबोधिनी एकादशी मनाइँदै

मकवानपुर ।आज कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी, देशभर भगवान् विष्णुको पूजा आराधना, तुलसीको विवाह र व्रत गरी मनाइँदैछ । यस दिन तुलसीलाई भगवान् दामोदर अर्थात विष्णुसँग वि…

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व समापन

मकवानपुर । छठ पर्वको मुख्य तथा अन्तिम दिन आज (सोमबार) बिहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अर्घ्य दिएसँगै यस वर्षको छठ पर्व समापन भएको छ। हिजो (आइतबार) साँझ अस्ताउँदो स…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

हेटौँडाको राप्ती तटमा छठका श्रद्धालुको चहलपहल सुरु, २ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन

हेटाैँडा । छठ पर्वको मुख्य दिन आज (आइतबार) साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिन मकवानपुरको हेटौँडास्थित राप्ती नदी किनारमा भक्तजन तथा दर्शनार्थीको उपस्थिति सुरु भएको छ। हेटौँडा उपमहा…

इन्फो डेस्क