इन्फो नेपाल — सञ्चारको सञ्जाल

दूधमा दिदै आएको अनुदान रोकेको भन्दै किसानहरु आक्रोसित

मकवानपुर: दूधमा दिदै आएको अनुदान रोकेको भन्दै किसानहरु आक्रोसित बनेका छन् । कृषिमन्त्री बागमती प्रदेश सरकारको कृषीमन्त्री राजेन्द्र मान श्रेष्ठको राजिनामा माग गर्दै चितवन जिल्लाका दुग्ध उत्पादन किसानहरुले आज मन्त्रालय घेराउ गर्दै धर्ना बसेका छन् । आइतबार चितवनका सयौँ संख्यामा दुग्ध उत्पादन किसानहरु हेटौंडामा उपस्थित भई मन्त्रालय घेराउ गर्दै गेटमा धर्ना बसेका हुन् । प्रदेश सरकारले चितवनका ३ स्थानीय तहलाई दुधमा दिदै आएको अनुदान रोकेको भन्दै मन्त्रालय घेराउ गर्दै धर्ना बसेका हुन् । स्थानीय सरकारले पनि दुधमा अनुदान दिएपछी प्रदेश सरकारले दिदै आएको अनुदान रोकेको थियो । प्रदेश सरकारले किसानहरुले दूध उत्पादन गरेबापत २ रुपैया अनुदान दिदै आएको थियो । स्थानीय सरकारले पनि दुग्ध उत्पादनको आधारमा किसानहरुलाई थप अनुदान दिँदै आएको जनाएको छ । दुग्ध उत्पादन किसानहरुले प्रदेश सरकारले रोकेको रकम दिनुपर्ने माग गरेका छन् । माग सम्बोधन नभएसम्म आफुहरुले कार्यक्रमलाई निरन्तरता दिने किसानहरुको भनाई छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क