इन्फो नेपाल — सञ्चारको सञ्जाल

धनकुटा हिलेमा रहेको बक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिर

सुनसरी: धनकुटाको हिलेमा रहेको श्री बक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिर धार्मिक तथा ऐतिहासिक पर्यटकीय मन्दिर हो । यस मन्दिरको प्रचार प्रसारको अभाव परेको छ । मन्दिर धनकुटाको हिले बजारबाट हिडेर १० मिनेटमा नै पुगिन्छ भने सवारीसाधनमा ५ मिनेटमा नै यस मन्दिर पुग्न सकिन्छ । यस मन्दिरको छुट्टै महत्त्व विशेषता रहेको छ । मन्दिरमा नाग देवताको बास रहेको विश्वासमा भक्तजनहरु पूजाआजाका लागि आउने गर्दछन्। नागपूजाका क्रममा सर्प, बिच्छी खजुर आदि अन्य विषालु जीवको पनि पूजा गरिन्छ। चट्याङले घरमा कुनै प्रकारका हानि नोक्सानी नपुर्‍याओस् भन्न बज्रवारकहरूको पूजा गर्ने चलन छ । मूलढोकामा नागको चित्र टाँसी विभिन्न पदार्थ चढाई पूजा गर्ने परम्परा छ। खासगरी मूलढोकाको दुवैतर्फ गोबरद्वारा निर्मित सर्पको मूर्ति बनाएर घ्यू, दूध आदिले धारा दिई दुबो, धानको लाबा चढाई चन्दन, पुष्प आदिले पूजा गरी नागको आराधना गर्नुपर्ने विधि शास्त्रमा उल्लेख छ। भगवान् शिवको गहना र भगवान् विष्णुको आसनको रूपमा रहेको शेषनाग हिन्दुधर्ममा नागको महत्त्व महत्वपूर्ण मानिन्छ । योे मन्दिरमा पूजा–आराधनाका लागि धनकुटाका विभिन्न क्षेत्रसहित तेह्रथुम, भोजपुर,संखुवासभालगायतका स्थानबाट समेत भक्तजन तथा पर्यटन आउने गर्दछन् । मन्दिरमा सात मुख भएको नागको करिब दश फुट अग्लो मुर्ति स्थापना गरिएको छ । खोटाङको हलेसी मन्दिरमा रहेको जस्तै धर्मद्रार पनि यहीँ रहेको छ । हरेक वर्ष नाग पञ्चमीको दिन मेला लाग्ने गर्दछ । मन्दिर प्रवेशद्धार गेट २०७९ साल कात्तिक ३ गते नेपाली सेनाले निर्माण गरेको हो । मन्दिर वि .स.२०६७ सालमा स्थापना गरिएको हो । विभिन्न देवदेविको दर्शन गर्नका साथै धनकुटा बजार, हिलेबजार उत्तरपानी, पाख्रीवास, विभिन्न फाट, हिमश्रृखला, चिया बगान लयायतको दृष्य आँखै अगाडिको देख्न सकिन्छ ।

सम्बन्धित समाचार

तुलसी–दामोदरको विवाह गरी आज हरिबोधिनी एकादशी मनाइँदै

मकवानपुर ।आज कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी, देशभर भगवान् विष्णुको पूजा आराधना, तुलसीको विवाह र व्रत गरी मनाइँदैछ । यस दिन तुलसीलाई भगवान् दामोदर अर्थात विष्णुसँग वि…

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व समापन

मकवानपुर । छठ पर्वको मुख्य तथा अन्तिम दिन आज (सोमबार) बिहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अर्घ्य दिएसँगै यस वर्षको छठ पर्व समापन भएको छ। हिजो (आइतबार) साँझ अस्ताउँदो स…

इन्फो डेस्क