इन्फो नेपाल — सञ्चारको सञ्जाल

नराम्रा कमेन्ट गरे साइबर ब्युरो जान्छु : गायिका समीक्षा अधिकारी

काठमाडौँ । गायिका समीक्षा अधिकारी चर्चाका शिखरमा रहेका बेला उनी एकाएक विबादमा आइन् । पछिल्ला दिनमा सामाजिक संजालमा स्टाटस लेख्दै मेटाउँदै आएकी उनले आफ्ना स्टाटसमा बनेका समाचारहरु समेत मिडियालाई फोन गरेर आग्रह गर्दै हटाउँदै आएकी छिन् । २ हप्ता अगाडी मात्रै समिक्षाले अत्ति भयो अब त बाँच्न नी गाह्रो भयो भन्दै लेखिएको समाचार ओएस नेपालमा छापिएपछि फोन नै गरेर हटाउन आग्रह गरेपछि उक्त समाचार हटाइयको ओएस नेपालले जनाएको छ । तर अहिले फेरी समिक्षाले आँफुलाई दह्रो बनाउँदै अर्को स्टाटस लेखेकी छिन् । उनले ‘नकारात्मक कमेन्ट गर्नेहरूको लागि साइबर ब्युरो’ भनेर लेखेको स्टाटसमा कमेन्टको ओइरो नै लागेको छ । फेसबुकमा स्टाटस लेख्दै गायिका समीक्षा अधिकारीले आफूलाई आउने नकारात्मक कमेन्टले कुनै असर नपार्ने बताएकी छन् । आइतबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै उनले नकारात्मक कमेन्ट गर्नेहरूको लागि साइबर ब्युरो रहेको भन्दै त्यसतर्फ उजुरी गर्न सक्ने संकेत गरेपछि उनको स्टाटसमा कमेन्ट गर्दै समिक्षालाई धेरैले दह्रो हुन र आफ्नै करियरमा केन्द्रित भएर काम गर्न सुझाएका छन् । समिक्षाले आइतबार अपराह्न्न फेसबुकमा लेखेकी छन्, ‘मान्छेहरू हजारौँ वर्षदेखिको सामाजिक कमजोरीहरू देख्दैनन्, महिलामाथिको अन्याय र विभेद जान्दैनन्, एउटी नारीको चरित्रमा प्रश्न गर्छन् । आकाशमा उड्ने पन्छीलाई केही बेरको हुस्सु र तुवाँलोले त्यति ठुलो फरक पार्दैन । नकारात्मक कमेन्ट जति गर्छौ गर, देशमा साइबर अपराधको कानुन पनि छ ।’

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क