इन्फो नेपाल — सञ्चारको सञ्जाल

‘नायक : द रियल हिरो’को झल्को दिने बालेनको एक्सन

काठमाडौं । यतिबेला काठमाडौं महानगरपालिकाले भूमिगत पार्किङको अनुमति लिएर व्यवसाय गरिरहेका अवैध संरचना भत्काउन सुरु गरेको छ । ३५ दिने सूचना जारी गरेको महानगरले त्यसको कार्यान्वयन नभएपछि डोजर चलाउन थालेको छ । मेयर बालेन्द्र साह (बालेन) आफैं फिल्डमा खटिएर भत्काउन निर्देशन दिइरहेका छन् । बालेनको यो ‘डोजर’ एक्सनलाई लिएर सामाजिक सञ्जालमा प्रशंसा मिलिरहेको छ । प्रशंसकले उनलाई नायकको संज्ञा दिइरहेका छन् भने स्वतन्त्र हुनुको फाइदा भएको बताइरहेका छन् । कतिपयले बालेनको सक्रियतालाई २२ वर्षअघि रिलिज भएको भारतीय फिल्म ‘नायक : द रियल हिरो’को मुख्यपात्र शिवाजी रावसँग तुलना गरिरहेका छन् । फिल्ममा उक्त चरित्र अनिल कपुरले निर्वाह गरेकाले बालेनलाई पनि नायक फिल्मकै अनिल कपुर भन्ने पनि छन् । बालेन मात्र होइन, आफू प्रधानमन्त्री हुँदा डा. बाबुराम भट्टराईले साँघुरा सडकलाई फराकिलो बनाउन होस् वा तत्कालीन पर्यटनमन्त्री प्रेम आलेले नारायणहिटी र पशुपति धर्मशालामा लिएको एक्सन । यी परिघटनामा फिल्म नायक ‘क्वाइन’ भयो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क