इन्फो नेपाल — सञ्चारको सञ्जाल

प्रधानमन्त्री पुत्रलाई पोस्न स्यानेटरी प्याडमा छुट

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्माले जयवीरसिंह देउवाको कम्पनीलाई फाइदा पुग्नेगरी स्यानेटरी प्याड आयातमा भन्सार छुट दिएको आशंका गरिएको छ । जयवीरसिंह प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा हुन् । जयवीरले स्थापना गरेको कम्पनी ब्लुप्रिन्ट ट्रेडिङले विभिन्न सामान आयात र बिक्रीवितरण गर्दै आएको छ । यो कम्पनीले अहिले भन्सार छुट सुविधा पाएको स्यानेटरी प्याडको आयात पनि गर्दै आएको बताइएको छ । बजेटमा छुट सुविधाको व्यवस्था गरेपछि यो कम्पनीले अहिले विभिन्न मुलुकबाट ठुलो परिमाणमा प्याड आयात गर्ने तयारी गरेको पनि बताइएको छ । पूर्वअर्थमन्त्री शर्माले गत जेठ १५ मा ल्याएको आगामी आर्थिक वर्षको बजेटमा स्यानेटरी प्याड आयातमा लाग्दै आएको भन्सार शुल्कको ९० प्रतिशत छुट दिएका थिए । अर्कातिर प्याड उत्पादन गर्ने स्वदेशी कम्पनीले ल्याउने कच्चा पदार्थको भन्सार उल्टै बढाएका थिए । आयातमा भन्सार महसुल छुट दिने र आन्तरिक उत्पादनको कच्चा पदार्थ आयातमा महसुल वृद्धि गर्ने नीतिले आयातित व्यापारमा संलग्न व्यवसायीलाई दोहोरो फाइदा पुगेको छ । प्रधानमन्त्री पुत्र जयवीरको कम्पनीले पनि यही नीतिका कारण राम्रो मुनाफा पाउने निश्चित छ । बजेट निर्माणका क्रममा बिचौलिया प्रयोग गरेको आरोपमा अर्थमन्त्री शर्माले बुधबार राजीनामा दिएका थिए । यसबारे एउटा उच्चस्तरीय छानबिन समिति पनि बनेको छ । प्रधानमन्त्रीका छोरासँगको मिलेमतोमा प्याड आयातमा भन्सार छुट दिए पनि शर्माले रातो करविरुद्ध भन्सार शुल्क घटाएको दाबी गर्दै आएका छन् । जयवीरले स्थापना गरेको ब्लुप्रिन्ट ट्रेडिङ कम्पनीको चुक्ता पुँजी १ करोड रहेको छ। यो कम्पनीमा जयवीरले साझेदार पनि बनाएका छन् । उनले चितवनका हेमन्त बजगाईंलाई साझेदार बनाएको देखिन्छ। कम्पनीमा जयवीरको नाममा ७० प्रतिशत र बजगाईंको नाममा ३० प्रतिशत सेयर छ । कम्पनी आर्थिक वर्ष २०७४/७५ मा कम्पनी रजिस्ट्रारको कार्यालय काठमाडौंमा खोलिएको देखिन्छ। यसका अध्यक्षमा जयविरसिंह नै छन् । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

सम्बन्धित समाचार

लगातार घट्दै सुनचाँदीको मूल्य, आज पनि उच्च गिरावट

काठमाडाैँ । विगत केही दिनदेखि सुनचाँदीकै मूल्यमा निरन्तर पहिरो गहिरहेको छ । सुनको भाउ आज तोलामै १२ हजार २ सय रुपैयाँ घटेर २ लाख ४५ हजार ४ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघल…

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते