इन्फो नेपाल — सञ्चारको सञ्जाल

फागुन २८ गते देखी चैत्र ४ गतेसम्मको साप्ताहिक राशिफल

फागुन २८ गते देखी चैत्र ४ गतेसम्मको साप्ताहिक राशिफल – ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रारम्भमा अवसर र चुनाैती एकसाथ आउनेछन्। जिम्मेवारी प्राप्त भए पनि वादविवादले समस्या निम्त्याउन सक्छ। साेमवार र मंगलवार अस्वस्थताको योग देखिएकाले खानपानमा सजग रहनुहोला। अर्थ अभावले सताउनेछ भने आँटेको काम स्थगित हुन सक्छ। अप्ठ्यारा कामको बोझ थपिनेछ। सहयाेगीहरू पछि हट्नाले याेजनाअनुसार काम गर्न नसकिएला। बुधवारदेखि स्थितिमा सुधार आउनेछ भने पहिलेका समस्या पनि समाधान हुनेछन्। शुभचिन्तकहरूको साथ–सहयाेग जुट्नाले लक्ष्य प्राप्ति हुने बलियाे सम्भावना छ। यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग गुलाबी वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको स्मरण गरि कार्य आरम्भ गर्दा राम्रो हुनेछ । वृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो सुरुमा प्रतिस्पर्धीहरूले दुःख दिनेछन्। आँटेकाे काम पनि राेकिन सक्छ। साेमवार र मंगलवार भने काममा उत्साह जाग्नेछ। व्यापारमा राम्रो आम्दानी हुनेछ । प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। मिहिनेत गर्दा राम्रै उपलब्धि प्राप्त हुनेछ। रमाइलाे भ्रमण हुन सक्छ। आतिथ्यपूर्ण सम्मान र स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। बुधवारपछि स्वास्थ्य कमजोर रहनेछ र आम्दानी घट्नेछ। आँटेका काममा बाधा हुनेछ भने अप्ठ्यारो समयमा एक्लो भइनेछ। सप्ताहान्तमा पनि साथीभाइ टाढिने, खर्च बढ्ने र काम राेकिने सम्भावना छ। यो साताका लागि शुभ अङ्क ३,४ र शुभ रङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ । मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह अध्ययनकाे लगावले व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। पुरुषार्थी काम गर्दै अप्ठ्यारा चुनौतीहरूलाई पन्छाउने समय छ। शत्रुहरूलाई तह लगाउन सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउनेछ भने आँटले लक्ष्यमा पुर्याउन सक्छ। भौतिक साधन जुट्नुका साथै दिगो काम प्रारम्भ हुनेछ। व्यापारमा मनग्य फाइदा होला। मित्रता र प्रेमको बन्धन कसिनेछ। व्यवहारले अरूलाई आकर्षित गर्न सकिनेछ। रमाइलो यात्रा हुनेछ। सप्ताहान्तमा भने स्वास्थ्यका कारण काममा समस्या पर्न सक्छ। अप्ठ्याराे समयमा सहयाेगीहरू टाढा हुनेछन्। यो साताका लागि शुभ अङ्क २,३ र शुभ रङ्ग हरियो वा घिउ रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ । कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो सुरुमा घरेलु समस्या देखापर्न सक्छन्। अरूको बहकाउले भ्रममा परिनेछ। नियमविपरीत बलजफ्ती प्रयत्न गर्दा काम बिग्रन सक्छ। साेमवारदेखि स्थितिमा सुधार आउनुका साथै विभिन्न अवसर प्राप्त हुनेछन्। अध्ययनमा प्रगति हुनेछ भने बुद्धिले लक्ष्यमा पुर्याउनेछ। मिहिनेत गर्दा धेरैलाई उछिन्ने मौका छ। आँटले काम बनाउन सकिनेछ। लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउनेछ। उत्तरार्द्धमा प्रभावशाली व्यक्तिहरूलाई प्रतिस्पर्धामा हराउन सकिनेछ। दिगो काम प्राप्त हुनेछ। व्यवसायमा प्रगति हुनेछ। प्रियजनसँगको भेटघाटले मन उत्साहित हुनेछ। यो साताका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग रातो वा पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व दीनदुखी या असहायलाई सहयोग गर्नाले ग्रह पीडा कम हुनेछ । सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे साता केही उतारचढावमाया रहनेछ। प्रारम्भमा अवसर प्राप्त भए पनि काम गर्ने वातावरण अनुकूल नहाेला। साेमवारदेखि पारिवारिक उल्झनमा परिने सम्भावना छ। साइनो गाँसी लाभ लिन खाेज्नेरूबाट सजग रहनुहाेला। घर भित्रिएको रकम अरूलाई नसुम्पनुहोला। उत्तरार्धमा व्यापार बढ्नेछ। अध्ययनमा प्रगति गर्न सकिनेछ। नयाँ काममा हात हाल्ने अवसर जुट्नेछ। प्रतीक्षा गरिएको नतिजा सकारात्मक हुनेछ। लाभदायी कामको जिम्मेवारी प्राप्त हुनेछ। प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। शत्रु र राेगमाथि विजय प्राप्त हुनेछ। यो साताका लागि शुभ अङ्क १,६ र शुभ रङ्ग खैरो वा गुलाबी रङ्ग हो । शुभकर्म गर्नु पूर्व श्रीकृष्णजीको स्मरण गरि कार्य आरम्भ गर्दा राम्रो हुनेछ । कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो सुरुमा आफ्नै कमजोरीले आत्मसम्मानमा प्रश्न उठ्न सक्छ, गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। मिहिनेत गर्दा सोमवार र मंगलवार आँटेको काम बन्नेछ। पुरुषार्थी कामले धन र मानसमेत दिलाउनेछ। छोटो समयमा लक्ष्य प्राप्त गर्न सकिनेछ। बुधवारदेखि पारिवारिक असमझदारीले समस्या निम्त्याउला। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। साइनो गाँस्नेहरूबाट पनि सजग रहनुपर्ला। परिस्थितिको बन्धनमा परिए पनि युक्तिले काम लिनेहरूलाई फाइदै हुनेछ। भौतिक साधन जुट्नाले सप्ताहान्तमा काम गर्न सकिनेछ। यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग सुन्तला वा सेतो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आराधना गरि कार्य गर्नाले अधिक सफलता मिल्नेछ । तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते बीचमा केही उल्झन आए पनि याे साता फलदायी रहनेछ। आँट गर्दा जटिल काम समेत सम्पादन हुनेछ। दिगाे काम थाल्न सकिनेछ। साेमवार र मंगलवार वादविवादमा परिने सम्भावना देखिएकाले लेनदेन र हिसाबकिताबमा सजग रहनुहोला। बुधवारपछि शुभचिन्तकहरूकाे साथ–सहयाेग जुट्नाले काम बन्नेछ, व्यापार बढ्नेछ र फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले सम्झौताको ढोका खोल्नेछन् र मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। सप्ताहान्तमा पारिवारिक मतभेद देखापर्न सक्छ। आफ्नै सुरले काम गरे पनि अरूकाे सुझावलाई ध्यान दिनुहोला। यो साताका लागि शुभ अङ्क ६,७ र शुभ रङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व असहायलाई सहयोग गर्नाले ग्रह पीडा कम हुने र गरेको कामबाट अधिक सफलता मिल्नेछ । वृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु आकस्मिक खर्च बढ्नाले अर्थ अभावले सताउनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। साेमवारदेखि आगन्तुकले अलमल्याउने हुँदा काम राेकिन सक्छ। खानपानकाे सन्तुलन नहुँदा स्वास्थ्यमा समस्या आउनेछ। आलोचकहरूले आत्मसम्मानमा चोट पुर्याउन सक्छन्। ठूलो भागको आशा गर्दा आफ्नो प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्, सजग रहनुहाेला। साप्ताहान्तमा स्थिति अनुकूल बन्नेछ भने प्रतीक्षा गरिएको नतिजा पनि सकारात्मक हुनेछ। लाभदायी कामको जिम्मेवारी प्राप्त हुनेछ र शुभचिन्तकहरूको सहयाेगले लक्ष्य प्राप्ति हुनेछ। यो साताका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग पहेँलो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गरे राम्रो हुनेछ । धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे सञ्चित कर्मको प्रतिफल प्राप्त हुनाले साताको प्रारम्भ उत्साहवर्द्धक रहनेछ। आम्दानीले विभिन्न आवश्यकता पूरा हुनेछन्। सोमवारदेखि आयस्रोत कमजोर हुनेछ भने खर्चको मात्रा बढ्नेछ। केही धन बाहिरिनाले चिताएका काम पूरा गर्न कर्जा वा सरसापट लिनुपर्ने हुन सक्छ। खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। बुधवार र बिहीवार आफन्त र साथीभाइसँग रमाइलो भेटघाट हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन्। मिहिनेत गर्दा अभीष्ट पूरा हुन सक्छ। तर, सप्ताहान्तमा विवादमा परिने र फजुल खर्च बढ्ने ग्रहयाेग छ। यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग आकाशे हो । शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरि कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ । मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि प्रारम्भमा व्यावहारिक कठिनाइ देखा पर्नाले ठूलो उपलब्धि नहुन सक्छ। तापनि कर्मयोगले समाजमा स्थापित गराउनेछ। साेमवार र मंगलवार व्यापार–व्यवसायमा फाइदा उठाउन सकिनेछ। प्रतिष्ठित कामले नाम र दाम दिलाउनेछ। आम्दानी बढ्नाले भाैतिक साधन जुटाउन सकिनेछ। बुधवारदेखि अरूका काममा समय खर्चनुपर्ला। अर्थ जुटाउन नसक्दा आफ्ना काम राेकिन सक्छन्। तापनि विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्नेछ। सप्ताहान्तमा आफन्तको सहयोग जुट्नेछ। रमइलाे भेट र खानपानकाे आनन्द प्राप्त हुनेछ। यो साताका लागि शुभ अङ्क ३,५ र शुभ रङ्ग सिन्दुरे वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको दर्शन गरि कार्य गर्दा सफलता मिल्नेछ । कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द साता केही उतारचढावमय रहनेछ। समयको महत्त्व बुझ्नेहरूलाई भाग्यले राम्रो साथ दिनेछ। धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ। साेमवार र मंगलवार भने साेचेकाे परिणाम प्राप्त नहुन सक्छ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्न सक्छन्। व्यापार, साझेदारी र सट्टापट्टामा भने लाभ मिल्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ। तापनि सप्ताहान्तमा केही रकम हिनामिना हुने सम्भावना देखिएकाले हिसाबकिताबमा सजग रहनुहाेला। देश–विदेशको यात्रा हुन सक्छ। तर लाभांश हराउनाले मन खिन्न रहनेछ। यो साताका लागि शुभ अङ्क ७,८ र शुभ रङ्ग रातो वा हरियो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि बगलामुखीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ । मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि प्रारम्भमा अस्वस्थताका बीच कामको बोझ बढ्नेछ। परिस्थितिसँग सम्झौता गर्नुपर्दा अरूको स्वार्थमा उपयोग भइनेछ, सजग रहनुहोला। साेमवारदेखि स्थिति अनुकूल बन्नुका साथै काम सम्पादन हुनेछन्। विशिष्ट व्यक्तिहरूसँगको सहकार्यले फाइदा दिलाउनेछ। सानाे प्रयत्नले दिगो काममा हात हाल्न सकिनेछ। नाेकरी र राजनीतिमा अवसर खाेज्ने समय छ। व्यापार बढ्नाले आयस्राेत पनि सबल बन्नेछ। केही रकम हिनामिना हुने सम्भावना देखिएकाले हिसाबकिताबमा सजग रहनुहाेला। सप्ताहान्त भने केही खर्चिलाे रहने देखिन्छ। यो साताका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग सेतो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले राम्रो हुनेछ ।

सम्बन्धित समाचार

मंसिर ४ गते शुक्रबारको भाग्यफल

वृष, कर्कट, तुला र मीन राशिका व्यक्तिका लागि पारिवारिक सुख, आर्थिक योजना र व्यक्तिगत सम्बन्धका दृष्टिले अनुकूल संकेत छन्। मेष, मिथुन, कन्या र धनु राशिका व्यक्तिले कामकाज, अध्ययन तथ…

ज्यो. प. धुर्वराज सुबेदी

मंसिर ३ गते बिहीबारको भाग्यफल

आज २०८३ साल मंसिर ३ गते बिहीबार। आज कात्तिक शुक्ल दशमी तिथि परेको छ। विश्व शौचालय दिवस, अन्तर्राष्ट्रिय पुरुष दिवस तथा विश्व दर्शनशास्त्र दिवस पनि आजै मनाइँदै छ। मंसिर महिनाको सुरु…

ज्यो. प. धुर्वराज सुबेदी

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मंसिर २ गते बुधबारको भाग्यफल

आज २०८३ साल मंसिर २ गते बुधबार। आज कात्तिक शुक्ल नवमीका अवसरमा कुष्माण्ड नवमी तथा अक्षय नवमी मनाइँदै छ। यस दिन अमलाको वृक्ष र भगवान् विष्णुको पूजा गर्ने धार्मिक परम्परा छ। हेटौँडाक…

ज्यो. प. धुर्वराज सुबेदी