इन्फो नेपाल — सञ्चारको सञ्जाल

बकैया र बागमतीका माझी परिवारका घर पाउने सपना पुरा

हेटौँडा | मकवानपुरको बकैया र बागमती गाउँपालिकामा रहेका माझी समुदायका दर्जनौँ परिवारको घर पाउने सपना पुरा भएको छ। सहरी विकास तथा भवन कार्यालय, हेटौँडाको सक्रियतामा सञ्चालित एकीकृत वस्ती आवास कार्यक्रममार्फत उनीहरू अब पक्की घरमा बस्न थालेका छन्।

पहिला झुपडी, प्लास्टिकको छाना, र खोलाको छेउछाउमा जोखिमपूर्ण जीवन बिताउँदै आएका माझी समुदायका परिवारले अहिले जस्ताको छाना, छुट्टै भान्सा र सौचालय भएको घर पाएका छन्। यस योजनाले न केवल ओत, बरु आत्मसम्मान, सुरक्षा र नयाँ जीवनको सुरुवात पनि दिएको छ।

बकैया गाउँपालिका–५ की कालिका माझीले भनिन्, “सरकारले भगवान् सम्झेर हामीलाई घर दियो, अब हाम्रै ओत भयो।” उनका जस्ता धेरै माझी परिवारले अब आफ्नै घरमा बालबालिकालाई पढाउन, चिसो र बर्खाबाट जोगाउन पाएका छन्।

गत आर्थिक वर्षमा ५० घर निर्माण गरिएको थियो भने चालु वर्षमा थप १० घर बनाइएको छ। घरसँगै सौचालय पनि निर्माण गरिएकाले समुदाय खुलेआम दिसामुक्त बन्दै गएको छ। यो योजना समाजमा सम्मान र स्वाभिमान दिने माध्यम बनेको छ।

कार्यक्रम सफल हुनुमा प्रदेश सरकार, स्थानीय तह, प्राविधिक सहयोगी संस्था र समुदायको सहकार्य प्रमुख कारण रहेको छ। भवन कार्यालयका प्रमुख सुबोध अधिकारीका अनुसार यो योजना केवल भौतिक संरचना होइन, सामाजिक परिवर्तनको अभियान हो।

अब माझी समुदायमा शिक्षा, स्वास्थ्य र रोजगारीप्रतिको अपेक्षा बढेको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क