इन्फो नेपाल — सञ्चारको सञ्जाल

बगर खेती गर्नेलाई अनुदान दिदै बकैया गाउँपालिका

मकवानपुर/ मकवानपुरको बकैया गाउँपालिकाले बगर खेती गर्ने किसानलाई अनुदान दिने भएको छ । पालिकाको आर्थिक वर्ष २०८०÷८१ को स्वीकृत कार्यक्रम अनुसार नदी, खोला किनाराको उकास खेर गईरहेको जग्गामा बगर खेती गर्ने किसानलाई अनुदान गर्ने किसानलाई अनुदान दिने भएको हो । पालिकाले प्रति क्लस्टरमा एकलाख ७५ हजार अनुदान रकम उपलब्ध गराउने भएको छ । कृषि व्यवसायमा संलगन भई खेती गर्न इच्छुक कृषक, कृषक समुह, कृषि सहकारी संस्था, फार्म मार्फत एकसाता भित्र दरखास्त आव्हान गरिएको छ । अनुदान वितरण प्रक्रिया प्रदेश तथा स्थानिय तहमा सशर्त वित्तीय हस्तान्तरित कृषि विकास कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि, २०८० अनुसार गरिने बकैया गाउँपालिकाले जनाएको छ । आयआर्जनमा विकास गर्ने लक्ष्य सहित बगर खेतीलाई प्रोत्साहन गर्न कार्यक्रम ल्याइएता पनि प्रतिवेदनमा भनेअनुसार ठुलो मात्रामा खेती गर्ने किसानको अभाव रहेको बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले बताए बताए । उनका अनुसार यसमा १० लाख बजेट विनियोजन भएको र सोही भित्र रहेर बगर खेती गर्ने किसानलाई अनुदान उपलब्ध गराउने उनले बताए . हिउँदमा खेर गईरहेको बगरको जग्गामा तरबुजा, काँक्रो, लौका र फलफुलका बिरुवा लगाउन सकिने बकैया गाउँपालिका अध्यक्ष लामिछानेले बताए । ‘१२ वटा वडा रहेको बकैयामा अनुमानित १५ प्रतिशत जग्गा नदी उकास रहेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क