इन्फो नेपाल — सञ्चारको सञ्जाल

बालेनले लोक्कल रक्सीलाई अन्तर्राष्ट्रिय ब्रान्डिङ गर्ने

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले स्थानीय लोक्कल रक्सीलाई अन्तर्राष्ट्रिय ब्रान्डिङ गर्ने बताएका छन् । आइतबार ११ औं नगरसभामार्फत आगामी आर्थिक वर्ष २०७९÷८० को बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेका मेयर साहले यस्तो बताएका हुन् । काठमाडौं महानगरपालिकाको सांस्कृति तथा ऐतिहासिक सहरमा स्थानीय नेवार समुदायले उत्पादन गर्ने पेय पदार्थ (रक्सि)लाई अन्तर्राष्ट्रिय बजारमा समेत पु¥याउन ब्रान्डिङ गर्ने उनले बताएका हुन् । शनिबार पनि कर कार्यालय खोल्ने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले शनिबार पनि कर कार्यालय खुल्ला राख्ने व्यवस्था मिलाइने बताएका छन् । आइतबार महानगरको नगर सभामार्फत आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेका शाहले महानगरभित्रका करदाताहरूलाई सरल, सहज र सुविधासम्पन्न कर भुक्तानीको व्यबस्था गर्दै सार्वजनिक विदाको दिन शनिबार पनि कर कार्यालय खुल्ला रहने व्यवस्था मिलाउने बताए । हाल भुक्तानीका लागि महानगरले अवलम्वन गर्दै आएको विद्युतीय भुक्तानीका प्रणालीहरूलाई समेत थप सहज र व्यवस्थित गराइने मेयर शाहले बताए । करको दरलाई थप गरिने भन्दा पनि व्यवस्थित गर्न वैज्ञानिक कर नीति लागू गर्दै करका क्षेत्र विस्तार गरिने उनले बताए

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क