इन्फो नेपाल — सञ्चारको सञ्जाल

बुधबार मकवानपुरमा दुई घटना: एकको मृत्यु, १० घाईते

मकवानपुर: मकवानपुरमा बुधबार घटेका दुई सडक दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने १० जना घाईते भएका छन् । बुधवार बिहान धरान चतरा सडक खण्ड अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका -५ तिनतलेमा हेटौडा बाट छतिवन तर्फ जादै गरेको ना १ घ ५४४ नम्बरको दुध बोक्ने खाली ट्यांकर आफै अनियन्त्रि भई दुर्घटना हुदा चालक हेटौंडा-९ बस्ने ३४ वर्षका सिद्धान्त लामाको मृत्यु भएको हो । सडकबाट १०० मिटर तल खोल्सामा खसी दुर्घटना भएको ट्याङकरबाट उद्दार गरी अस्पताल पठाईएका लामाको हेटौंडा अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । त्यस्तै, पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९, सान्नानिटारमा मनहरीबाट हेटौँडा जाँदै गरेको ना १ ज ३१६७ नम्बरको म्याजिक भ्यानलाई सोहि दिशाबाट हेटांँडातर्फ जाँदै गरेको ना ५ ख ९६८४ नम्बरको ट्रकले पछाडिबाट ठक्कर ९ जना घाईते भएका छन् । घाईतेहरुको उपचारका लागि हेटौँडा अस्पताल लगिएको प्रहरीले जनाएको छ । अवस्था गम्भीर रहेकोका एक जनालाई भने थप उचारका लागि भरतपुर पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । अन्य घाइतेको अवस्था सामान्य रहेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क