इन्फो नेपाल — सञ्चारको सञ्जाल

बेसार खेती प्रवद्र्धनका लागि अध्ययन अवलोकन भ्रमण

हेटौँडा  | मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ मा रहेको बुङ्गदल सामुदायिक वन उपभोक्ता समूह अन्तर्गतको बुङ्गदल महिला आय आर्जन कृषि समूहले तीन दिने बेसार तथा अदुवा खेती प्रवद्र्धन अध्ययन अवलोकन भ्रमण गरेको छ । बेसार खेती प्रवद्र्धन तथा मुल्य श्रृंखला अभिवृद्धि कार्यक्रम– २०८१ अन्तर्गत अध्ययन अवलोकन भ्रमण गरिएको हो । माघ २७ देखि २९ गते गरिएको गरिएको उक्त भ्रमण टोलीले कर्णाली प्रदेश, सल्यानको कपुरकोटस्थित विभिन्न अनुसन्धान केन्द्रहरू, कृषक समूहहरू, वनस्पति उद्यान, सामुदायिक वन उपभोक्ता समूहहरू तथा लुम्बिनी प्रदेशको ऐतिहासिक बौद्ध स्थल लुम्बिनीको अध्ययन तथा अवलोकन गरेको छ ।

भ्रमणको पहिलो चरणमा टोलीले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत अदुवाबाली अनुसन्धान कार्यालय, कपुरकोट, सल्यानको अवलोकन तथा अध्ययन गरेको थियो । त्यहाँ सहभागीहरूले बेसार तथा अदुवा प्रशोधन (प्रक्रिया गर्ने) प्रविधिहरू, भण्डारण विधिहरू, तथा मूल्य श्रृंखला अभिवृद्धिका विविध पक्षहरूबारे जानकारी लिएका थिए । अनुसन्धान अधिकृत डा. घनश्याम भण्डारीसँग अन्तरक्रिया गर्दै टोलीले नेपालमा अदुवा र बेसार खेतीका नवीनतम प्रविधि, उत्पादन वृद्धि रणनीति, रोग नियन्त्रण विधिहरू तथा बजारीकरणका अवसरहरूबारे जानकारी लिएका थिए ।

यस क्रममा टोलीले बेसारको गुणस्तरीय उत्पादनका लागि आवश्यक सुधार, प्रशोधन विधि, वैज्ञानिक भण्डारण प्रविधिहरू तथा यसको व्यावसायिक सम्भावनाहरूबारे जानकारी लिएका छन् । सोही दिन भ्रमण टोलीले कपुरकोटस्थित मूलपानी वनस्पति उद्यानको अवलोकन गरेको थियो । उद्यानमा विभिन्न बहुउपयोगी वनस्पतिहरू, जडीबुटी तथा औषधीय तथा सुगन्धित बिरुवाहरूको अध्ययन गरिएको थियो । सहभागीहरूले नेपालमा पाइने औषधीय तथा आयुर्वेदिक महत्वका बिरुवाहरूको सम्भावना तथा व्यावसायिक उत्पादनका अवसरहरूबारे जानकारी लिएका थिए ।

टोलीले दाङ, तुलसीपुरस्थित श्रीगणेश सामुदायिक वन उपभोक्ता समूहद्वारा सञ्चालित राप्ती शान्ति उद्यानको अवलोकन गरेका थिए । सोही अवसरमा सहभागीहरूले सामुदायिक वन व्यवस्थापन, वन पर्यटन प्रवद्र्धन, वातावरणीय संरक्षण तथा आर्थिक रूपमा दिगो वन व्यवस्थापनका विविध पक्षहरूबारे जानकारी लिए । साथै, उक्त उद्यान सञ्चालनका क्रममा आइपरेका चुनौतिहरूबारे छलफल गर्दै सहभागीहरूले भविष्यमा सामुदायिक वन व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने उपायहरूबारे विचारविमर्श गरेका थिए ।

भ्रमण टोलीले कपिलवस्तुको शिक्षित करुणा कृषक समूहद्वारा उत्पादन गरिएको बेसार खेतीको अवलोकन गरेको थियो । सहभागीहरूले कृषक समूहका सदस्यहरूसँग अन्तरक्रिया गर्दै नेपालमा बेसार खेतीको व्यावसायिक सम्भावना, उत्पादन प्रविधि, साना किसानहरूका लागि उपलब्ध सरकारी सहयोग, तथा निर्यातका अवसरहरूबारे छलफल भएको थियो । भ्रमणको अन्तिम चरणमा टोलीले लुम्बिनी – गौतम बुद्ध जन्मस्थलको अवलोकन गरेको थियो । लुम्बिनी भ्रमणको क्रममा टोलीले बुद्ध धर्म, शान्ति, सामाजिक सद्भाव, तथा पर्यटकीय सम्भावनाहरूबारे छलफल गर्यो ।

अध्ययन भ्रमण टोलीमा फेकोफन जिल्ला कोषाध्यक्ष तथा स्थानीय महासंघ मकवानपुरगढीका अध्यक्ष बलराम अधिकारी, बुङ्गदल सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भीमसेन अधिकारी, मकवानपुरगढी गाउँपालिकाका कृषि शाखा प्रमुख गोपाल लम्साल, सव—डिभिजन वन कार्यालय मकवानपुरका वन प्राविधिक हरिप्रसाद गौतम, सामुदायिक वनका पदाधिकारी, आयआर्जन समूहका सदस्यहरु सहभागीता रहेका थियो ।

उक्त भ्रमणबाट सहभागीहरूले बेसार खेती प्रवद्र्धनका लागि आवश्यक नवीनतम प्रविधि, भण्डारण तथा प्रशोधन प्रणाली, बजार व्यवस्थापन, तथा सरकारी नीतिहरूको बारेमा विस्तृत जानकारी लिइएको वन समूहका अध्यक्ष अधिकारीले बताए । अध्ययन भ्रमणले स्थानीय कृषकहरू, सामुदायिक वन समूहहरू तथा कृषि विज्ञहरूबीच अनुभव आदान—प्रदान गर्दै बेसार खेतीलाई आर्थिक रूपमा समृद्ध क्षेत्रका रूपमा विकास गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा रहेको अध्यक्ष अधिकारीले बताए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क