इन्फो नेपाल — सञ्चारको सञ्जाल

बैशाख २ गतेदेखी ९ गतेसम्मको साप्ताहिक राशिफल

मेष - यो साता मेष राशिकाहरूलाई उत्साहजनक समय रहनेछ। तपाईंको साहस र पराक्रमले कुनै पनि कार्यमा सफलता दिलाउनेछ। व्यापार व्यवसायबाट राम्रो आम्दानी प्राप्त हुनेछ। परिवारिक जीवन सुमधुर रहनेछ भने प्रेम सम्बन्ध पनि मिठास रहनेछ। तर, विद्यार्थीहरूको पढाईमा कमजोरी देखिनेछ र मन अस्थिर रहने हुनाले केही कठिनाई हुन सक्छ। यस साताको फलदायी प्रतिशत ८५% रहेको छ। बृष - यो साता बृष राशिकाहरूका लागि व्यापार व्यवसायबाट प्रशस्त धन आर्जन गर्न सकिने छ। बोलीको शक्ति बढ्नेछ र रमाइलो तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न हुन पाइनेछ। सामाजिक कार्यमा मन जानेछ र इज्जत र प्रतिष्ठा बढ्नेछ। साझेदारीका कार्यहरूबाट लाभ हुनेछ। तर अध्ययन र अध्यापन कार्य कमजोर हुनेछ। नोकरीमा सहयोगी वातावरण प्राप्त हुनेछ भने प्रेम र पारिवारिक जीवन सामान्य रहनेछ। यस साताको फलदायी प्रतिशत ७५% रहेको छ। मिथुन - यो साता मिथुन राशिकाहरूका लागि शुभ रहनेछ। तपाईंको आत्मविश्वास र आत्मसम्मान बलियो रहनेछ र तपाईंको कार्यको प्रशंसा हुनेछ। साथीभाईसँग रमाइलो भेटघाट र सहकार्यको अवसर पाइनेछ। व्यापार व्यवसायमा लगानी अनुसारको प्रतिफल प्राप्त हुनेछ। प्रेम र पारिवारिक जीवन सुमधुर रहनेछ। तर विद्यार्थीहरूको पढाईमा केही बाधा आउन सक्छ। आफन्तको सहयोगबाट महत्वपूर्ण कार्यमा सफलता प्राप्त हुनेछ। यस साताको फलदायी प्रतिशत ८०% रहेको छ। कर्कट - कर्कट राशिकाहरूका लागि यो साता मिश्रित रहनेछ। साताको शुरुआतमा खर्च बढ्नेछ र काममा दौडधुप हुनेछ तर उपलब्धि कम हातलाग्नेछ। मंगलबारदेखि भने अवस्थामा सुधार हुनेछ र नोकरीमा सफलता मिल्नेछ। कार्यस्थलमा सकारात्मक वातावरण कायम हुनेछ र बौद्धिक क्रियाकलापमा चासो बढ्नेछ। व्यापार व्यवसायमा विस्तार हुनेछ र प्रेम तथा पारिवारिक जीवन सकारात्मक रहनेछ। सोमबार र मंगलबार भने अनावश्यक खर्च बढ्नेछ र विद्यार्थीहरूलाई पढाईमा मन जान कठिन हुनेछ। यस साताको फलदायी प्रतिशत ७०% रहेको छ। सिंह - यो साता सिंह राशिकाहरूका लागि व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुने देखिन्छ। आत्मविश्वास र आत्मसम्मान उच्च रहनेछ। नोकरीमा सफलता मिल्नुका साथै सामाजिक कार्यबाट ईज्जत र प्रतिष्ठा बढ्नेछ। व्यापार व्यवसायबाट उचित मुनाफा आर्जन हुनेछ। परिवारमा मेलमिलाप र एकता कायम हुनेछ। जीवनसाथीबाट उचित साथ र सहयोग प्राप्त हुनेछ। तर विद्यार्थीहरूको पढाईमा कमजोरी देखिन सक्छ र बढी ध्यान दिनु आवश्यक हुनेछ। यस साताको फलदायी प्रतिशत ८२% रहेको छ। कन्या - यो साता कन्या राशिकाहरूका लागि उत्तम रहने देखिन्छ। नोकरी गर्नेहरूका लागि यो साता शुभ समय रहनेछ। सामाजिक र आध्यात्मिक कार्यमा मन जानेछ र सामाजिक मान प्रतिष्ठा बढ्नेछ। साथीभाईको साथ र सहयोगले आत्मविश्वास बढ्नेछ। व्यापार व्यवसायमा सकारात्मक समय रहनेछ र आम्दानी बढ्नेछ। परिवारमा मेलमिलाप र शान्ति कायम हुनेछ। प्रेम सम्बन्ध पनि सुमधुर रहनेछ र प्रेमी संगका मनमुटावहरू छिटै समाधान हुनेछन्। यस साताको फलदायी प्रतिशत ८८% रहेको छ। तुला - तुला राशिकाहरूका लागि यो साता शुभ रहेको छ। भाग्यले तपाईंको साथ दिनेछ र हरेक कार्यमा सफलता प्राप्त हुनेछ। आर्थिक अवस्था सकारात्मक रहनेछ र व्यापार व्यवसायबाट उचित लाभ मिल्नेछ। कार्यस्थलमा तपाईंको कार्यको प्रशंसा हुनेछ र सन्तानबाट सुख प्राप्त हुनेछ। धन बचत हुनेछ र बिद्यार्थीहरूको पढाई उत्तम रहनेछ। प्रेम तथा पारिवारिक जीवन पनि सुखद रहनेछ र परिवारका सदस्यहरूसँग रमाईला पलहरू बिताउन सकिनेछ। यस साताको फलदायी प्रतिशत ९०% रहेको छ। वृश्चिक - वृश्चिक राशिकाहरूका लागि यो साता मिश्रित रहने देखिन्छ। साताको शुरुआतमा स्वास्थ्य सम्बन्धी समस्या देखिन सक्छ र शत्रुबाधाका कारण काममा रोकावट आउन सक्छ। तर मंगलबारदेखि अवस्थामा सुधार हुनेछ। दाम्पत्य सम्बन्ध प्रगाढ रहनेछ र मिष्ठान्न भोजन प्राप्त हुनेछ। साथीभाईसँग रमाइलो समय बिताउन पाइनेछ। नोकरीमा सफलता मिल्नेछ र व्यवसायबाट उचित लाभ प्राप्त हुनेछ। विद्यार्थीहरूलाई अध्ययन कार्यमा मन जानेछ र सामान्य यात्राको योग छ। यस साताको फलदायी प्रतिशत ७५% रहेको छ। धनु - धनु राशिकाहरूका लागि यो साता मिश्रित रहने छ। साताको शुरुमा प्रियजनसँग रमाइलो भेटघाट हुनेछ र उपहार तथा आतिथ्यपूर्ण सम्मान पाइनेछ। पेशा-व्यवसायमा राम्रो फाइदा हुनेछ र तारिफयोग्य कामले नाम, दाम र इनाम दिलाउन सक्छ। तर मंगलवारपछि अप्ठ्यारा कामको बोझ उठाउनुपर्ने हुँदा माैसमी रोग वा चोटपटकको योग देखिएकाले सावधान रहनु आवश्यक छ। आर्थिक अभावले पनि सताउनेछ। सप्ताहान्तमा धार्मिक कर्म र समाजसेवामा प्रवृत्त हुनुहुनेछ। मिहिनेतले अप्ठ्यारो परिस्थिति सुल्झाउन सक्नुहुनेछ। तर खर्चिलो काम गर्नुपर्ने हुँदा अलि धेरै रकम जोहो गर्नुपर्ने छ। यस साताको फलदायी प्रतिशत ६०% रहेको छ। मकर - मकर राशिकाहरूका लागि यो साता शुभ रहेको छ। साताको शुरुमा शत्रुहरू पराजित हुनेछन् र नयाँ अवसरहरू प्राप्त हुनेछन्। आफन्तको साथ-सहयोग नजुटे पनि तपाईंको जुझारु कार्यशैलीले उपलब्धि हातपार्न सक्नुहुनेछ। बिहीवारसम्म व्यापार र उद्योगमा फाइदा हुनेछ। तर मंगलवारदेखि विवादास्पद जिम्मेवारीहरू आउनेछन् र झूटा आरोप लाग्ने सम्भावना छ, सतर्क रहनुहोला। परिस्थितिले खर्च बढाउनेछ र आर्थिक अभावले कामहरू स्थगित हुन सक्छन्। सप्ताहान्तमा स्वास्थ्य कमजोर रहनेछ र धनमाल बाहिरिन सक्नेछ। यस साताको फलदायी प्रतिशत ६५% रहेको छ। कुम्भ - कुम्भ राशिकाहरूका लागि यो साता शुभ रहनेछ। साताको शुरुमा बौद्धिक र सामाजिक कार्यहरूमा सक्रियता बढ्नेछ। शारीरिक तथा मानसिक अवस्था सबल रहनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा तपाईंको उचाइ बढ्नेछ र सन्तानबाट सुख प्राप्त हुनेछ। आर्थिक अवस्था सबल रहनेछ र व्यापार व्यवसायबाट उचित मुनाफा आर्जन हुनेछ। नोकरीमा तपाईंको कार्यको कदर हुनेछ। परिवारका सदस्यहरूसँग सुमधुर सम्बन्ध कायम हुनेछ र अध्ययन-अध्यापन कार्य सफल रहनेछ। सही योजनाका साथ निरन्तर परिश्रम आवश्यक छ। यस साताको फलदायी प्रतिशत ८५% रहेको छ। मीन - मीन राशिकाहरूका लागि साताको शुरुमा आईतबार र सोमबार केही कमजोर दिनहरू रहनेछन्। स्वास्थ्य अवस्था कमजोर हुने र घरायसी समस्याले चिन्ता बढ्ने छ। तर मंगलबारदेखि भने अवस्थामा महत्वपूर्ण सुधार हुनेछ। धन आर्जन हुनेछ, शत्रु पराजित हुनेछन् र स्वास्थ्य अवस्था पनि सबल रहनेछ। यी दिनहरूमा साथीभाईसँग रमाइलो कुराकानी हुनेछ र उनीहरूको साथ-सहयोग प्राप्त हुनेछ। प्रेम तथा पारिवारिक सम्बन्ध सुमधुर रहनेछ र व्यापार व्यवसायमा सफलता मिल्नेछ। तर सप्ताहान्तमा प्रतिस्पर्धीहरूले काममा दुःख दिन सक्छन्, सजग रहनुहोला। यस साताको फलदायी प्रतिशत ७०% रहेको छ।

सम्बन्धित समाचार

मंसिर ४ गते शुक्रबारको भाग्यफल

वृष, कर्कट, तुला र मीन राशिका व्यक्तिका लागि पारिवारिक सुख, आर्थिक योजना र व्यक्तिगत सम्बन्धका दृष्टिले अनुकूल संकेत छन्। मेष, मिथुन, कन्या र धनु राशिका व्यक्तिले कामकाज, अध्ययन तथ…

ज्यो. प. धुर्वराज सुबेदी

मंसिर ३ गते बिहीबारको भाग्यफल

आज २०८३ साल मंसिर ३ गते बिहीबार। आज कात्तिक शुक्ल दशमी तिथि परेको छ। विश्व शौचालय दिवस, अन्तर्राष्ट्रिय पुरुष दिवस तथा विश्व दर्शनशास्त्र दिवस पनि आजै मनाइँदै छ। मंसिर महिनाको सुरु…

ज्यो. प. धुर्वराज सुबेदी

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मंसिर २ गते बुधबारको भाग्यफल

आज २०८३ साल मंसिर २ गते बुधबार। आज कात्तिक शुक्ल नवमीका अवसरमा कुष्माण्ड नवमी तथा अक्षय नवमी मनाइँदै छ। यस दिन अमलाको वृक्ष र भगवान् विष्णुको पूजा गर्ने धार्मिक परम्परा छ। हेटौँडाक…

ज्यो. प. धुर्वराज सुबेदी