इन्फो नेपाल — सञ्चारको सञ्जाल

मकवानपुरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

मकवानपुर - मकवानपुरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाकाे मृत्यु भएको छ । मकवानपुरको मनहरि गाउँपालिका वडा नम्बर–६ रामडाँडामा चितवनबाट हेटौँडा आउँदै गरेको ना ५ ख ३५५७ नम्बरको ट्रकले गा १५ प ३९६९ नम्बरको स्कुटरलाई ठक्कर दिएकाे हाे । ट्रककाे ठक्करबाट कास्कीकाे निर्मल पोखरी–२ बस्ने अन्दाजी ३८ वर्षीया निर्मला परियारकाे ज्यान गएकाे हाे । मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी टेकबहादुर कार्कीले ठक्कर दिने ट्रक तथा चालक इलाका प्रहरी कार्यालय मनहरिको नियन्त्रणमा रहेको जानकारी दिए।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क