इन्फो नेपाल — सञ्चारको सञ्जाल

मधेस प्रदेशको बजेट ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजार

जनकपुरधाम । मधेस सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले कृषि, भौतिक पूर्वाधार र पर्यटनलाई मुख्य आधार बनाएर ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजारको बजेट प्रस्तुत गरेका छन् । प्रस्तुत गरिएको बजेटमा अधिकांश पुराना कार्यक्रमलाई नै निरन्तरता दिइएको छ । प्रदेश सरकारले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानलाई निरन्तरता दिएको छ । अभियानअन्तर्गत साइकल वितरणलाई निरन्तरता दिएको छ । यसमा सम्बन्धित विद्यालयको सिफारिसमा विद्यार्थीको खातामा रकम पठाउने व्यवस्था गरिएको छ । यसअघि मुख्यमन्त्री कार्यालयले आफैं साइकल वितरण गर्दै आएको थियो । साइकल वितरणमा अनियमितता भएको र अख्तियारले समेत छानबिन गरिरहेको अवस्थामा अब सम्बन्धित विद्यार्थीको खातामा रकम पठाउने व्यवस्था गरिएको छ । कक्षा १२ मा अध्ययनरत छात्राका लागि ल्यापटप वितरण योजना ल्याइएको छ । अभियानका लागि ७७ करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको छ ।बजेटमा जनकपुरधाम र वीरगन्जको विकासका लागि छुट्टै जनकपुरधाम र वीरगन्ज विकास प्राधिकरण बनाइने भएका छन् । यसका लागि ३० करोड विनियोजन गरिएको छ । विद्युतीय सवारीसाधनको प्रयोगमा प्रोत्साहनका लागि अलगै करको दररेटको व्यवस्था गरिने भएको छ । एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमका लागि १ अर्ब २६ करोड विनियोजन गरिएको छ । प्रदेश सभा निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि २ अर्ब छुट्याइएको छ । त्यस्तै, जनता आवास कार्यक्रमलाई निरन्तरता दिन २८ करोड विनियोजन गरिएको छ । नदीजन्य प्रकोप रोकथाम कार्यक्रमलाई निरन्तरता दिइएको छ भने विपद् जोखिम न्यूनीकरणका लागि ७ करोड बजेट विनियोजन गरिएको छ । बजेटमा पर्सादेखि सप्तरीसम्म मधेस राजमार्गको सम्भाव्यता, सवारीसाधन चालक अनुमतिपत्र मधेसमै छपाउनेदेखि चालू आर्थिक वर्षमा चारपांग्र्रे गाडी खरिद नगरिने प्रतिबद्धता गरिएको छ । प्रशासनिक भवन निर्माणको प्रक्रिया अगाडि बढाउन ५ करोड, सुरक्षित बेटी अभियानका लागि १ करोड ५५ लाख र गृह तथा सञ्चार मन्त्रालयका लागि कुल ६५ करोड बजेट विनियोजन गरिएको छ । मधेस प्रदेशमा मुख्यमन्त्री किसान उत्थान कार्यक्रमका लागि १५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । मुख्यमन्त्री किसान उत्थान कार्यक्रमअन्तर्गत साना किसानका लागि १५ करोड विनियोजन गरिएको जानकारी दिए । कृषि क्षेत्रको विकासका लागि प्रादेशिक कृषि गुरुयोजना तयार पार्न ५० लाख र यस क्षेत्रलाई व्यावसायीकरण, यान्त्रिकीकरण गर्न १७ करोड ८२ लाख रुपैयाँ छुट्ट्याइएको छ । पशु बिमा र कृषि सडकको निर्माण गर्न २८ करोड २० लाख बजेट विनियोजन गरिएको छ । कृषि ज्ञान केन्द्रलाई ७ करोड २८ लाख बजेट छुट्ट्याएको छ । ससर्त र समपूरक अनुदानका लागि ३ अर्ब ८७ करोड विनियोजन गरिएको छ । यो अनुदान स्थानीय तहलाई दिइनेछ । स्थानीय तहलाई चालू आर्थिक वर्षमा दिएको अनुदानको खर्च प्रगतिअनुसार दिइने उनले बताए । बजेट भाषणको सुरुवात मैथली भाषाबाट गरेका मन्त्री साहले मैथलीको विकासका लागि पनि पहिलोचोटि योजना ल्याएका छन् । महोत्तरी बनौलीस्थित विद्यापति डिहको पर्यटकीय र सांस्कृतिक विकासका लागि विद्यापतिको प्रतिमासहित प्रवेशद्वारबाट एकरहिआ, सहोडवा, विद्यापति डिह हुँदै मठिहानीसम्म विद्यापति डिह बनाउने कार्यलाई अगाडि बढाउन २ करोड बजेट विनियोजन गरेको छ । मैथिली र भोजपुरी भाषा साहित्यको विकासका लागि अक्षय कोष स्थापना गर्नुका साथै भाषा साहित्य कला संस्कृतिको विकासका लागि मधेस प्रज्ञा प्रतिष्ठान स्थापना, परम्परागत लोक संगीत नृत्य नाटकसहित श्रव्य तथा प्रदर्शनजन्य लोककलाको अध्ययन अनुसन्धान र संरक्षणका लागि पनि बजेट व्यवस्था गरेको छ । नवौं अधिवेशनको सातौं बैठकमा प्रस्तुत गरेको वार्षिक आय–व्यय विवरणमा चालूतर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार अर्थात् ४६.४४ प्रतिशत रकम विनियोजन गरिएको छ । यसैगरी, पुँजीगततर्फ २५ अर्ब ८२ करोड २० लाख ८० हजार अर्थात् ५३.२१ प्रतिशत, वित्तीय व्यवस्थातर्फ १६ करोड २४ लाख ५६ हजार २ सय अर्थात् ०.३५ प्रतिशत विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतको राजस्वबाट ४ अर्ब १८ करोड ९३ लाख ७५ हजार, कोषहरूमा रहेको सञ्चित रकम ३८ करोड, नेपाल सरकारबाट राजस्व बाँडफाँटबापत प्राप्त ११ अर्ब ६१ करोड ५८ लाख र समानीकरणबापत प्राप्त अनुदान ७ अर्ब ८१ करोड ५८ लाख रहेको मन्त्री साहले बताए । चालू आर्थिक वर्षको विनियोजनबाट बचत हुने नगद मौज्दात ९ अर्ब ६६ करोड, विशेष अनुदान ४९ करोड, समपूरक अनुदान ७८ करोड, संघीय सरकारबाट सशर्त योजनाका लागि प्राप्त अनुदान १० अर्ब ६ करोड ५१ लाख र युनिसेफबाट प्राप्त हुने अनुदान ४ करोड ३३ लाख ४७ हजार गरी जम्मा ४५ अर्ब ४ करोड ९९ लाख २८ हजार बेहोर्दा १ अर्ब ८२ करोड १० लाख १८ हजार २ सय रुपैयाँ न्यून हुने देखिन्छ । सो न्यून पूर्ति गर्न आगामी आर्थिक वर्षमा आन्तरिक ऋण परिचालन गरिनेछ ।

सम्बन्धित समाचार

लगातार घट्दै सुनचाँदीको मूल्य, आज पनि उच्च गिरावट

काठमाडाैँ । विगत केही दिनदेखि सुनचाँदीकै मूल्यमा निरन्तर पहिरो गहिरहेको छ । सुनको भाउ आज तोलामै १२ हजार २ सय रुपैयाँ घटेर २ लाख ४५ हजार ४ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघल…

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

धनुषामा छठघाट रुङ्न बसेका ६० वर्षीय पुरुष शंकास्पद अवस्थामा मृत फेला, एक जना नियन्त्रणमा

जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिका–२ मतौनास्थित धनी पोखरीमा छठघाट रुङ्न बसेका एक पुरुष शंकास्पद अवस्थामा मृत फेला परेका छन्। स्थानीय करिब ६० वर्षीय रामजतन यादव (म्यानेजर) आज (सो…

इन्फो डेस्क