इन्फो नेपाल — सञ्चारको सञ्जाल

मनाङको तिमाङ जंगलमा १० दिनदेखि डढेलो, अझै नियन्त्रणबाहिर

मनाङ |  मनाङको चामे गाउँपालिका–१, तिमाङ जंगलमा लागेको डढेलो १० दिन बित्दा पनि नियन्त्रणमा आउन सकेको छैन। जटिल भूगोलका कारण आगो निभाउन कठिन भइरहेको मनाङका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) मातृका आचार्यले जानकारी दिएका छन्।

“डढेलो नियन्त्रणका लागि जिल्लाका सबै सुरक्षा संयन्त्र परिचालन गरिएको छ। स्थानीयवासी पनि सक्रिय रूपमा खटिनुभएको छ। तर, कठिन भौगोलिक अवस्था र हावाहुरीका कारण आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन,” प्रजिअ आचार्यले भने।

डढेलोले जंगलका चरन क्षेत्र ध्वस्त पार्न थालेको भन्दै उनले थपे, “डढेलोका कारण जंगलमा रहेका भेडा, च्यांग्रा, याक, चौँरीका चरन क्षेत्र नष्ट भएका छन्। साथै, राष्ट्रिय पन्छी डाँफेको वासस्थान र कोपिला लागेको लालीगुँरासका बोटसमेत जलेका छन्।”

सुरक्षाकर्मी र स्थानीयबासीले मिलेर आगो निभाउने प्रयास गरिरहेका छन्। तर, भीरालो र कठिन भूगोल भएका स्थानमा पुग्न नसक्दा नियन्त्रणमा समस्या भइरहेको प्रजिअ आचार्यले बताए। बस्ती भने सुरक्षित रहेको उनले जनाएका छन्।

यसअघि, २०७७ साल मंसिर २ गतेदेखि लागेको डढेलो नियन्त्रणमा आउन दुई महिना लागेको थियो, जसका कारण मनाङको १,२०० हेक्टर जंगल जलेको थियो।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क