इन्फो नेपाल — सञ्चारको सञ्जाल

मरेको गैंडाको विषयमा अनुसन्धान गर्न ठेकेदार विरुद्ध पक्राउ पुर्जी जारी

निर्माणाधीन ६ लेनको गोन्द्राङ–पुलचोकको टिकौली जंगल नजिक नालीमा फसेर मरेको गैंडाको विषयमा अनुसन्धान गर्न चितवन राष्ट्रिय निकुञ्जले ठेकेदार विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने टिकौली जंगल नजिक सडक नालीको छेउमा खनेर छाडिएको खाल्डोमा फसेर ९ माघमा एउटा भाले गैंडा मरेको थियो ।ठेकेदारको लापरबाहीका कारण गैंडाको मृत्यु भएको भन्दै निकुञ्जले सडक विस्तारको जिम्मा लिएको इण्डो सगुन जेभीका सञ्चालक सहदेव खड्काविरुद्ध बिहीबार पक्राउ पुर्जी जारी गरेको हो । समाचार तयार पार्दासम्म खड्का पक्राउ नपरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत गणेश प्रसाद तिवारीले जानकारी दिए । ‘बिहिबार पक्राउ पुर्जी जारी भएको हो । अहिलेसम्म पक्राउ गरिएको छैन । उहाँ आफै आउनुहोला, नत्र हामी पक्राउ गर्छाैँ’, उनले भने ।उक्त घटनाको विषयमा अनुसन्धान गर्न निकुञ्जले सहायक संरक्षण अधिकृत राजु घिमिरेलाई अनुसन्धान अधिकृत तोकेको छ भने वन तथा वातावरण मन्त्रालयले घटनाको छानविन गर्न ११ माघमा छुट्टै कार्यदल गठन गरेको छ । वन तथा भू-संरक्षण विभागका उपमहानिर्देशक डा राजेन्द्र केसीको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरिएको हो । समितिमा मन्त्रालयका उपसचिव (कानुन) रामजी दनाई, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका योजना अधिकृत दिलबहादुर उर्जापुन, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य र डिभिजन वन कार्यालय चितवनका प्रमुख पदमराज नेपाल सदस्य रहेका छन् । समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क