इन्फो नेपाल — सञ्चारको सञ्जाल

रहेनन् चिया बेचेर करोडपति बनेका ‘जेठा दाई’

सीमाचोकनजिकै एउटा साघुँरो गल्ली छ । अखण्ड मार्गको यो गल्लीमा एउटा चिया पसल छ । बुद्धिबहादुर श्रेष्ठले साँघुरो कुनामा चिया पसल चलाएका थिए । उनलाई सबैले 'जेठा दाई' भनेर चिन्छन् । उनको वास्तविक नाम कमैलाई मात्र थाहा छ । चिया बेचेरै बनाएको नाम हो जेठा दाई । बिहान सबेरै उठेर चिया पाउन सरसामानको जोरजाम गर्नु र हेटौँडा बजारभित्र अर्डर आएको ठाउँमै चिया पुर्‍याउनु उनको दैनिकी थियो । उक्त गल्लीमा धेरै चिया पिउने जम्मा हुन्छन् । चिया पारखीहरूको भिड जम्मा हुन्थ्यो अखण्ड मार्गमा । श्रेष्ठले ३६ वर्षदेखि त्यही गल्लीमा चिया बेचे । उनको चियाका पारखी बागमतीका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, संविधानसभा सदस्य प्रल्हाद लामिछानेदेखि प्रदेश सांसद प्रेमबहादुर पुलामीसम्म छन् । नेताहरू बिहान र साँझ यही चिया पसलमा भेटिन्थे । पौडेल मुख्यमन्त्री हुनुअघिसम्म बिहान सबेरै यहाँ चियान खान आउने गरेको चर्चा अहिले पनि छ । विपन्न परिवारमा जन्मिएका जेठा दाईको जीवन चिया बेचेरै बदलियो । बिहान खाए बेलुकाको छाक कसरी टारौँ भन्ने कमजोर आर्थिक अवस्थाबाट गुज्रिएका जेठा दाई चिया बेचेरै करोडपति बने । चिया बेचेर करोडौँ सम्पत्तिको मालिक बनेका उनै जेठा दाईको आइतबार दुर्घटनामा परी मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका– १९ नेवारपानीमा भारतीय ग्यास बुलेटले स्कुटरलाई ठक्कर दिएपछि घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नेवारपानीमा मनहरीबाट हेटौँडातर्फ आउँदै गरेका करिब ६० वर्षीय जेठा दाईको बागमती प्रदेश ०३–००२ प ६८८० नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको एनएल–०१ एन २९९९ नम्बरको भरतीय नम्बरको ग्यास बुलेटले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क