इन्फो नेपाल — सञ्चारको सञ्जाल

रोचक इतिहास बोकेको बाला त्रिपुरासुन्दरी

जाजरकोट: डोल्पा जिल्ला क्षेत्रफलको हिसाबले मात्र ठूलो जिल्ला नभइ धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पर्यटकीय हिसाबमा पनि धनी छ । डोल्पामा प्रचूर पर्यटकीय सम्भावना बोकेका थुप्रै पर्यटकीय स्थलहरू छन् । दर्जनौं धार्मिकस्थलहरूको प्रचार–प्रचार तथा विकास गर्नसके डोल्पामा लाखौं धार्मिक पर्यटकहरू भित्र्याउन सकिने प्रशस्त सम्भावना रहेको छ । डोल्पाली लगायतका विभिन्न जिल्ला बासीहरूको अटुट धार्मिक विश्वास बोकेका डोल्पाका अन्य धार्मिक सम्पदाहरू मध्ये बाला त्रिपुरा सुन्दिरी मन्दिर पनि एक हो । प्रचूर धार्मिक पर्यटकीय सम्भावना बोकेर पनि ओझेलमा पर्दै आएको यस मन्दिरको नेपालका अन्य मन्दिरहरू भन्दा पृथक धार्मिक महत्व रहेको छ । विसं १११४ सालमा स्थापना भएको यस मन्दिर भौगोलिक रूपमा पनि पृथक छ । यस मन्दिरको पूर्वतर्फ सुन्दरी गंगा, पश्चिममा ताम्राबणी नदी, उत्तरमा मुकुटेश्वर हिमाल, दक्षिणमा भैरवी गंगा लगायतका प्रसिद्ध तीर्थस्थलहरू रहेका छन् भने बीचको टाकुरामा यस मन्दिर अवस्थित छ । यस मन्दिरमा सत्य युगमा महादेवले हिमालय पर्वतकी पुत्री सत्यदेवीको मृत शरीर बोकेर पृथ्वी भ्रमण गर्ने क्रममा यस मन्दिरमा सत्यदेवीको कन्डयालो (ढाड) पतन भएको कुरा हिन्दुहरूको प्रसिद्ध धर्मग्रन्थ श्रीस्वस्थानीमा उल्लेख छ । त्यसैले यस पवित्र भूमिलाई भक्तजनहरू ठूलो शक्ति पीठ रूपमा मान्ने गर्दछन् । यस मन्दिरको महत्वलाई हिन्दुधर्मका विभिन्न धम्रग्रन्थमा उल्लेख गरिएको र यदि जो कसैले यस मन्दिरमा आएर दर्शनमात्र गरे मुक्ति मिल्ने विश्वास गरिन्छ । यस मन्दिरमा सत्यदेवीको कन्डयाउलो पतन हँुदाको बखतमा यस स्थानमा मेघ (वर्षा) आएर विभिन्न आरधना गरेर देवीकोे पूजाआजा गरेकाले ईश्वरी प्रसन्न भएर यस क्षेत्रमा महा खडेरी परेकोबेला बरदान पाइ यस क्षेत्रमा महाखडेरी परेपछि सम्पूर्ण जिल्लाबासीहरू आएर पूजाआजा गरे पानी पर्ने जनविश्वास रहेको छ । डोल्पामा खडेरी परेको बेला सम्पूर्ण जिल्लाबासी आएर विधिविधानका साथ पूजाआजा गरे पानी पर्ने तथा असोज कात्तिकमा पानी धेरै परेर बालीनाली कुहिन लागेपछि फेरि सबै मिलेर पूजाअजा गरे पानी रोकिने स्थानीयबासीहरू बताउँछन् । मन्दिरको ईतिहास अचम्मको रहेको छ । परापूर्बकालमा डोल्पाको त्रिपुराकोट गाविसको कोट गढिमा बाइसे चौबीसे राज्य अन्तर्गत राजा बिक्रम शाहीको दरवार थियो । शाहीले डोल्पाका भएको नौराज्यको सञ्चालनको जिम्मा पाएका थिए । उनले यसै कोट गढीका १४ घर विष्टलाई आफ्ना काजीका रूपमा राखेका थिए । अहिले मन्दिर भएको ठाउँमा राजाको दरबार थियो । त्यस दरबार नजिकै एउटा अचम्मको धान कुट्ने ओखल थियो । नजिकैको ओखलमा यहाँका मान्छेहरूले धान कुटने गर्दथे । यस ओखलमा धान कुट्दा अचम्मका याकलापहरू देखिन थाले । कहिले चारपाथि धान कुट्दा आठ पाथी चामल हुने र कहिले दुई पाथी धान कुट्दा दुई माना चामल हुने गर्दथ्यो । यस्ता अचम्मका कुराहरू हुन थालेपछि यो कुरा विष्ट की कजेनीहरूले आफ्ना काजीहरूलाई भने । काजीहरूले यो कुरा थाहा पाएपछि आफ्ना राजा विक्रम शाहीलाई सुनाए । शाहीले यस्तो अचम्मको कुरा थाहा पाएपछि आफ्ना प्रजाहरूलाई बोलाएर ओखल उत्खनन् गर्ने सल्लाह दिए । सल्लाह गरेकै भोलिपल्ट बिहानैदेखि सबै गाँउलेहरू बोलाएर ओखल उत्खनन गर्न लगाए । त्यो दिन ओखल उत्खनन् कार्य बेलुकीसम्म गर्दा पनि सकिएन । बाँकी काम भोलि बिहानैदेखि सुरु गर्ने शर्तमा सबैजना सल्लाह गरेर आ–आफनो घर फर्किए । भोलि बिहान सबेरै सबैजना फेरि ओखल उत्खनन् गर्न आउँदा त जस्ताको तस्तै उत्खनन् नगरेको जस्तो देखिएपछि सबैजना चकित परे । यो कुरा राजाले थाहा पाएपछि हजारौं मान्छेहरू बोलाएर रातदिन त्यो ओखल उत्खनन् गर्न लगाए । लगातार दुई दिनसम्म काम गर्दा त्यो ओखल उत्खनन् भयो । त्यो अचम्मको ओखलभित्र तलतिर तामाको ओदान ओेदानमाथि घ्यूको कराई कराईमाथि तामाको थाली र थालीमाथि षट्कोणयन्त्र, त्यसमाथि कँुडेस र त्यसभित्र नवदुर्गा भगवती की नौ बहिनी पुतलीहरू रहेको देवीका पुराना पुराना धर्मग्रन्थमा उल्लेख छ । यसैबेला यी देवीरूपी पुतलीहरू बाँकेको बागेश्वरी, जुम्लाको कनिका सुन्दरी, सल्यानको खैरबाँङ, बैतडीको त्रिपुरेश्री, बाजुराको मालिकाका नामले प्रसिद्ध छन् । बाँकी चार बाला, त्रिपुरा, सुन्दरी, देवी यस मन्दिरमा बसिन् भन्ने विश्वास छ । अहिले यी देवी महाकाली, महालक्ष्मी, महासरस्वतीका नामले प्रसिद्ध छिन् । यस मन्दिरमा प्रातःकाल र सायनकालमा पूजाआजा हुने गर्दछ । यस मन्दिरको पूजाआजा व्यवस्थापन नौ घर पूजारीहरूले वर्षेपिच्छे पालैपालो गर्दै आएका छन् । यस मन्दिरको व्यवस्थापनको लागि पूजारी, निशानी, छडिदार, फुलारा, दमाइ, कुलाला, सार्कीको आ–आफनै जिम्मेवारी रहेको छ । नेपालका बाइसे चौबीसे राज्य एकीकरण गर्ने क्रममा बहादुर शाहको टोली मुस्ताङ हुँदै डोल्पाका नौ राज्य एकीकरण गर्न आउँदा डोल्पाको सहरतारा गाविसको बाँदर फडका भन्ने खोलाका पुल नलाग्दा बहादुर शाहको टोली डोल्पा एकीकरण नगरेर नै फर्किन लागेपछि यहाँ केही शक्ति छ भनेर त्यहाँका स्थानीयबासीसँग सोध्दा यहाँ अरु केही छैन । त्रिपुराकोट भन्ने ठाउँमा त्रिपुरा सुन्दरी देवी छन् । यी देवीलाई हामी पनि वर्षेनी पूजाआजा गर्दछौं भनेर बताउँदा बहादुर शाहले हे भगवती यो खोलामा पुल लागोस् हाम्रो डोल्पा एकीकरणको काम सफल होस् हामी हजुरलाई यस गाविसमा पर्ने खानी र बैजिबाडा गाउँ त्रिपुरा सुन्दरीको गुठी राख्छौं भनि माटो समातेपछि पुल लागेको स्थानीयबासीहरू बताउँछन् । नेपालमा पर्यटन प्रबद्र्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने गरिएको भए पनि डोल्पाका पर्यटकीयस्थलहरूको संरक्षण तथा विकासतर्फ पुग्न नसकेकेको स्थानीयको आरोप छ । पृथक धार्मिक महत्व बोकेको डोल्पामा यस्ता धार्मिकस्थलहरूको संरक्षण, प्रसार–प्रसार, विकासको लागि समयमै सम्बन्धित निकायको ध्यान पुग्नु जरुरी छ ।

सम्बन्धित समाचार

तुलसी–दामोदरको विवाह गरी आज हरिबोधिनी एकादशी मनाइँदै

मकवानपुर ।आज कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी, देशभर भगवान् विष्णुको पूजा आराधना, तुलसीको विवाह र व्रत गरी मनाइँदैछ । यस दिन तुलसीलाई भगवान् दामोदर अर्थात विष्णुसँग वि…

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व समापन

मकवानपुर । छठ पर्वको मुख्य तथा अन्तिम दिन आज (सोमबार) बिहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अर्घ्य दिएसँगै यस वर्षको छठ पर्व समापन भएको छ। हिजो (आइतबार) साँझ अस्ताउँदो स…

इन्फो डेस्क