इन्फो नेपाल — सञ्चारको सञ्जाल

सीटीईभीटी खारेज गर्न अर्को तयारी

२९ पुस, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) लाई खारेज गर्ने गरी अर्को ऐनको तयारी गरेको छ । मन्त्रालयले हालको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् ऐन, २०४५ लाई खारेज गरेर प्राविधिक तथा व्यवसायिक शिक्षा र सीप विकास तालिम विधेयकको मस्यौदा तयार गरेको छ । यो विधेयक संसदबाट पारित भएर ऐन बनेपछि हालको सीटीईभीटी खारेज हुनेछ भने प्राविधिक तथा व्यवसायिक शिक्षा र सीप विकाससम्बन्धी काम गर्न अर्को संरचना प्राविधिक तथा व्यवसायिक शिक्षा र सीप विकास तालिम परिषद् (टीईभीटी) को स्थापना हुनेछ । सीटीईभीटीमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अध्यक्ष हुनेछन् भने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सबै प्रदेशको शिक्षा हेर्ने मन्त्री मध्येबाट दुई जना, लोकसेवा आयोगका सदस्य, विश्वविद्यालयका उपकुलपतिहरूमध्येबाट एक जनालगायतका व्यक्तिहरु सदस्य रहने प्रस्ताव छ । त्यस्तै कार्यकारी अधिकार प्रमुख कार्यकारी अधिकृतमा रहने परिकल्पना गरिएको छ । सीटीइभीटीईका सदस्य सचिव जीवनारायण काफ्लेले नयाँ विधेयकको मस्यौदा भएको सुनेको बताए । उनले भने ‘विधेयक ड्राफ्ट भएको सुनेका छौं । विधेयक पास गर्नको लागि मन्त्रिपरिषद पुगेको भन्ने पनि सुन्नमा आइरहेको छ । बृहत छलफल नै नगरी त पास नहुनुपर्ने हो ।’

सम्बन्धित समाचार

किताबसँगै जीवनको सीप सिक्दै विद्यार्थी

हेटौँडा । सामान्यतया घरमा आमाबुबाले छोराछोरीलाई नयाँ कुरा सिकाउँछन्। तर हेटौँडा उपमहानगरपालिका–१८ हर्नामाडीकी सपना ढुङ्गानाको घरमा केही दिनअघि फरक अनुभव भयो। कक्षा ४ मा अध्ययनरत छो…

बसन्त भण्डारी

बागमती प्रदेशको उत्कृष्ट सामुदायिक विद्यालयमा हेटौँडाको जनप्रिय मावि छनोट

हेटौँडा । मकवानपुरको हेटौँडास्थित जनप्रिय माध्यमिक विद्यालय बागमती प्रदेशको उत्कृष्ट सामुदायिक माध्यमिक विद्यालयका रूपमा छनोट भएको छ। प्रधानाध्यापक संघ नेपाल (पान) ले तेस्रो राष्ट्…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मकवानपुरका पाँच गाउँपालिकासहित हेटौँडामा विद्यालय बन्द

हेटौँडा, ८ असोज । भारी वर्षासँगै बाढी, पहिरो तथा खोला–खहरेमा पानीको बहाव बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै मकवानपुरका पाँच गाउँपालिका र हेटौँडा उपमहानगरपालिकाले विद्यालय बन्द गर्न…

इन्फो डेस्क