इन्फो नेपाल — सञ्चारको सञ्जाल

सुकुम्बासी हटाउन काठमाडौंका मेयरले गुहारे गृह मन्त्री

काठमाडौं - काठमाडौं महानगरपालिकाले थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन गृह मन्त्रालयसँग सहयोग मागेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृह मन्त्री बने लगत्तै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले पत्राचार गर्ने निर्णय गरेका हुन्। महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले पुस १३ गते मन्त्रालयलाई पठाएको पत्रमा ‘थापाथलीको संरचना हटाई सौन्दर्यकरणको कार्य तत्काल शुरू गर्ने कार्यक्रम रहेकाले आवश्यक सहयोग एवं समन्वयका लागि अनुरोध छ’ भनिएको छ। महानगरले गत महीना थापाथलीमा डोजर चलाउन खोज्दा चौतर्फी विरोध भएको थियो। त्यतिवेला पछि हटेको महानगरले संघमा नयाँ सरकार गठन भएसँगै सुकुम्बासी हटाउने कार्यलाई अभियानकै रुपमा अघि बढाउने निर्णय गरेको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई समेत बोधार्थ दिइएको पत्रमा भनिएको छ, “थापाथलीस्थित बागमती नदी किनारमा अव्यस्थित अनधिकृत रुपमा रहेका संरचना हटाई सो क्षेत्रको संरक्षण एवं सौन्दर्यकरण गर्ने कार्य तत्काल अगाडि बढाउन बागमती सभ्यता एकीकृत विकास परियोजना समेतबाट अनुरोध भई आएको र सो क्षेत्र खाली गराउन महनगरबाट आवश्यक सबै समन्वय र प्रयास अगाडि बढाइएको भएता पनि सो सफल हुन सकेको अवस्था छैन।”

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क