इन्फो नेपाल — सञ्चारको सञ्जाल

हाइड्रोपावरले ३३ करोडको आइपिओ निष्कासन गर्दै

सोलुखुम्बुमा निर्माण गरिएको माथिल्लो सोलुखोला हाइड्रोपावर कम्पनीले ३३ करोड बढीको साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । सोलु खोलामा निर्माण गरिएको २३.५ मेगावाटको कम्पनीले सर्वसाधारणका लागि ३३ करोड ७ लाख ५० हजार बराबरको ३३ लाख ७ हजार ५ सय कित्ता शेयर जारी गर्ने जनाइएको छ । कम्पनीले एनएमबी क्यापिटल मार्फत शेयर निष्कासन तथा बिक्री गर्ने कम्पनीका जनसम्पर्क अधिकृत बद्रीमान श्रेष्ठले जानकारी दिए । उनका अनुसार कम्पनीले आइपिओ निष्कासनको लागि २०७७ चैत्र १६ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको थियो । ४ अर्ब ५० करोडको लागतमा २०७६ सालको मंसिरमा विद्युत् निर्माण सम्पन्न गरेको हाइड्रोपावर कम्पनीले हाल विद्युत् उत्पादन गर्दै आएको छ । आयोजनामा लक्ष्मी बैंकको नेतृत्वमा आठवटा बैंक र जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडको ७५ प्रतिशत लगानी रहेको जनाइएको छ ।

सम्बन्धित समाचार

आइपिओ निष्काशनका लागि २ कम्पनीलाई धितोपत्र बोर्डको स्वीकृति

काठमाडौं | जारी पूँजी ७५ करोड रहेको क्रेस्ट माइक्रो लाइफसँगै नेपालको पहिलो औषधी कम्पनी ओम मेगाश्री फर्मास्युटिकल्सले आइपिओ निष्काशन गर्न अनुमति पाएका छन् । माघ ४, बिहीबार धितोपत्र…

इन्फो नेपाल संवाददाता

७७ कम्पनीले ल्याउँदै आईपीओ, सर्वसाधारणले १ लाख रुपैयाँ जुटाउनुपर्ने

काठमाडौं | करिब ११ महिनापछि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा सन्तोषनारायण श्रेष्ठको नियुक्तिसँगै लामो समयदेखि रोकिएका आईपीओ (साधारण शेयर) निष्काशन प्रक्रिया अघि बढ्ने भएको छ। ७७ कम्…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

आजदेखी सुपर मादी हाइड्रोको आईपीओ

काठमडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो । आईपीओमा लगानीकर्ताले आउँदो माघ १२…

इन्फो नेपाल संवाददाता