इन्फो नेपाल — सञ्चारको सञ्जाल

हेटौँडा–काठमाडौँ जोड्ने चारमध्ये तीन सडक बन्द, फाखेल–कुलेखानी मार्ग मात्र एकतर्फी खुल्यो

हेटौँडा | लगातारको वर्षा र पहिरोका कारण हेटौँडाबाट काठमाडौँ आउजाउ गर्ने चारवटा मुख्य सडकमध्ये अहिले फर्पिङ–फाखेल–कुलेखानी खण्ड मात्र सञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार उक्त सडक पनि एकतर्फी मात्र सञ्चालन भइरहेको छ। बाकि तीनवटा सडक त्रिभुवन राजपथ, कान्तिलोकपथ र सिस्नेरी–पालुङ खण्ड अझै अवरुद्ध छन्।

त्रिभुवन राजपथ अन्तर्गत नौबिसे–पालुङ–हेटौँडा सडकखण्डमा ठूला पहिरो खसेका छन्। पहिरो पन्छाउने कार्य जारी रहेको भए पनि लगातारको वर्षाले काममा कठिनाइ भएको प्रहरीले जनाएको छ।

त्यस्तै, सातदोबाटो–ठिंगन हुँदै हेटौँडा जाने कान्तिलोकपथ पनि पहिरोले अवरुद्ध भएको छ। सो सडकमा ठूला ढुंगामाटो र लेदो बगेर सडक पुरिएको छ।

सिस्नेरी बजार र पालुङ नजिकका भागमा पनि पहिरोका कारण आवागमन ठप्प भएको प्रहरीले जनाएको छ।

प्रहरीले सामाजिक सञ्जालमा फैलिएको “कुलेखानी ड्याम खोल्दा सडक भत्किएको” भन्ने हल्ला सत्य नभएको स्पष्ट पारेको छ। प्रहरीका अनुसार हालसम्म कुलेखानी ड्याम खोलिएको छैन।

सम्बन्धित समाचार

हेटौंडा–कुलेखानी सडक आज बन्द, कान्ति लोकपथ प्रयोग गर्न आग्रह

हेटाैडा । मकवानपुर प्रशासनले हेटौंडा–भैंसे–भीमफेदी–कुलेखानी सडक आज एक दिनको लागि बन्द गरेको छ । मकवानपुरको हेटौंडा–भैंसे–भीमफेदी–कुलेखानी हुँदै काठमाण्डौ आउजाउ गर्ने गाडी आज शुक्रब…

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते