इन्फो नेपाल — सञ्चारको सञ्जाल

हेटौँडा–ठिगन हुँदै काठमाडौं जोड्ने सडक १५ दिनका लागि आंशिक बन्द

हेटौँडा | हेटौँडाबाट ठिगन हुँदै काठमाडौं पुग्ने कान्तिलोकपथ अन्तर्गतको ठिगन–बगुवा सडकखण्डमा चट्टान कटानको काम सुरु गरिने भएको छ। सोही कार्यका कारण आगामी १५ दिनसम्म दैनिक ६ घण्टा सवारी आवागमन बन्द गरिने भएको हो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको सूचनानुसार, २०७९–८० को सडक चौडाइ विस्तार परियोजना अन्तर्गत गंगटे नजिकको 'भाँडडाँडा' क्षेत्रमा रहेको जोखिमयुक्त चट्टान हटाउने काम गरिनेछ। यस क्रममा वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म हरेक दिन बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा रोकिनेछ।

आयोजना प्रमुख रत्न लक्ष्मी बज्राचार्यका अनुसार, यस सडकखण्डको सिंगल लेनलाई डबल लेन बनाउने कार्यका साथै ढलान निर्माण तथा कालोपत्रे समेत गरिनेछ। निर्माण कार्य एम/फाइभ सर्वशक्ति–पञ्चकन्या–सनस्टार जेभी कम्पनीले गरिरहेको छ भने सुपरिवेक्षण कान्ति राजमार्ग सडक आयोजना, चाकुपाट ललितपुरले गरिरहेको छ।

यसैबीच, २०७९ असोज १३ गते आएको भारी वर्षाका कारण क्षति पुगेको बागमती पुलमा बेलीब्रिज जडान गर्ने काम पनि तीव्र गतिमा अघि बढिरहेको बज्राचार्यले बताइन्।

प्रशासनले यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै उक्त अवधिमा काठमाडौं–हेटौँडा यात्राका लागि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

 

सम्बन्धित समाचार

हेटौंडा–कुलेखानी सडक आज बन्द, कान्ति लोकपथ प्रयोग गर्न आग्रह

हेटाैडा । मकवानपुर प्रशासनले हेटौंडा–भैंसे–भीमफेदी–कुलेखानी सडक आज एक दिनको लागि बन्द गरेको छ । मकवानपुरको हेटौंडा–भैंसे–भीमफेदी–कुलेखानी हुँदै काठमाण्डौ आउजाउ गर्ने गाडी आज शुक्रब…

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते