इन्फो नेपाल — सञ्चारको सञ्जाल

हेटौँडा सडक भासिँदा माछा बोक्ने बलेरो गाडी जमिनमुनि बेपत्ता

हेटौँडा ।   हेटौँडा उपमहानगरपालिका–१६ र १७ को सिमानास्थित गैरीगाउँमा शुक्रबार अपरान्ह एक्कासी सडक भासिँदा माछा बोक्दै गरेको एक बलेरो गाडी जमिनमुनि हराएको छ। ना ४ च ४८३३ नम्बरको उक्त सिंगल क्याप भ्यान सडकसँगै बनेको खाल्डोमा भासिएर बेपत्ता भएको हो।

मकवानपुर प्रहरीका प्रवक्ता डीएसपी श्यामु अर्यालका अनुसार गाडी रोकिराखिएको स्थानमा एक्कासि जमिन भासिँदा गाडी भासिएको हो। गाडी भासिएसँगै त्यस ठाउँमा ठूलो दह बनेको र पानीले भरिएको अवस्थामा खोजी कार्य भइरहेको उनले जानकारी दिए।

गाडीका चालक र सहचालक भने समयमै बाहिर निस्केर ज्यान जोगाउन सफल भएका छन्। प्रत्यक्षदर्शीका अनुसार गाडी करिब ५ सेकेन्डमै पानीमुनि बिलाएको थियो।

घटनास्थल नजिकै माछा पालनको पोखरी र बोरिङ रहेकोले त्यही कारणले जमिन भासिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। अहिले पानीको निकास खुलाउने कामसँगै गाडीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

हेटौंडा–कुलेखानी सडक आज बन्द, कान्ति लोकपथ प्रयोग गर्न आग्रह

हेटाैडा । मकवानपुर प्रशासनले हेटौंडा–भैंसे–भीमफेदी–कुलेखानी सडक आज एक दिनको लागि बन्द गरेको छ । मकवानपुरको हेटौंडा–भैंसे–भीमफेदी–कुलेखानी हुँदै काठमाण्डौ आउजाउ गर्ने गाडी आज शुक्रब…

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते