इन्फो नेपाल — सञ्चारको सञ्जाल

हेटौंडामा फुटेको ट्युमरको सफल शल्यक्रिया

मकवानपुर: पेटको आन्द्राभित्र फुटेको ट्युमरको जटिल शल्यक्रिया हेटौंडामा सफल भएको छ । अस्पताल स्रोतका अनुसार मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ७ निवासी ४९ वर्षका जय बहादुर मगरको पेटको सानो आन्द्राचित्र भएको ट्युमर फुटेपछि डा. निश्चलभद्र खनालको टोलीले सफल शल्यक्रिया भएको छ । विरामी भई भिडियो एक्सरे गर्दा आन्द्रा फुलेको जस्तो देखिएपछि बुधबार डा. खनालको टोलीले शल्यक्रियाको लागि तयारी गरी सफल रुपमा शल्यक्रिया गरिएको हो । सुरुमा फुलेको जस्तो देखियो तर ट्युमर फुटेको पत्ता लागेपछि तत्काल शल्यक्रिया गरिएको डा. खनालले जानकारी दिए । हेटौँडामा यसअघि पनि ट्युमरको शल्यक्रिया भएता पनि फुटेपछिको शल्यक्रिया भने पहिलो भएको डा. खानालले बताए । ट्युमर फुटेको समयमा शल्यक्रिया गर्न नसके विरामीको मृत्य समेत हुन सक्ने उनले बताए । शल्यक्रिया पछि विरामी मगर सामान्य अवस्थामा रहेको अस्पतालले जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क