इन्फो नेपाल — सञ्चारको सञ्जाल

१९ गतेदेखि नागस्वतीमा ११ दिने संस्कृति प्रवर्द्धन मेला  

हेटौँडा | मकवानपुरको हेटौँडाको उपमहानगरपालिका वडा नं. ७ नागस्वतीमा ११ दिने संस्कृति प्रवर्द्धन मेला लाग्ने भएको छ ।  वैशाख १९ गतेदेखि ३० गतेसम्म हेटौँडा - ७ बेलीब्रिज स्थित  नागस्वतीमा "नागस्वती युवा क्लब"ले "संस्कृति प्रवर्द्धन मेला २०८१" आयोजना गर्ने भएको हो ।

सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै नागस्वती युवा क्लबले स्थानीय संस्कृति प्रवर्द्धन तथा कृषि प्रदर्शनी गर्ने उद्देश्यले यस मेलाको आयोजना गर्न लागेको जनाएको छ ।   मेलामा मकवानपुर जिल्लाभरिबाट विभिन्न कृषि प्रदर्शनीहरू राखिने र स्थानीय कृषकहरूलाई प्रोत्साहन गर्नका लागि विशेष कार्यक्रमहरू समावेश गरिने आयोजकले जनाएको छ ।

यसैगरी, मेलामा स्थानीय संस्कृतिसँग सम्बन्धित विभिन्न कला, सङ्गीत तथा नाच प्रस्तुतिहरू हुनेछन्। राष्ट्रिय तथा स्थानीय स्तरका चर्चित कलाकार धुर्मुस सुन्तली, प्रताप दास, पृति आले, शान्ति श्री परियार, प्रमोद खरेल लगाएतको प्रस्तुति रहने छ । मेलामा स्थानीय संस्कृतिसँग सम्बन्धित विविध कला, सङ्गीत र नाचका कार्यक्रमहरू रहने आयोजकले जनाएको छ  ।

पहिलो र दोस्रो दिन निःशुल्क प्रवेश रहने यस मेलामा अन्य दिनहरूमा भने प्रवेशार्थि शुल्क लिइने क्लबले जनाएको छ। क्लबका अनुसार दैनिक करिब १० हजार मानिसहरू यस मेलामा आउने अनुमान गरिएको छ भने मेला अवधिभर एक लाखभन्दा बढी मानिसहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ। मेलाको व्यवस्थापन र सुरक्षाका लागि विभिन्न सङ्घसंस्था र प्रहरी परिचालन गरिने बताइएको छ।

सम्बन्धित समाचार

हेटौंडा–कुलेखानी सडक आज बन्द, कान्ति लोकपथ प्रयोग गर्न आग्रह

हेटाैडा । मकवानपुर प्रशासनले हेटौंडा–भैंसे–भीमफेदी–कुलेखानी सडक आज एक दिनको लागि बन्द गरेको छ । मकवानपुरको हेटौंडा–भैंसे–भीमफेदी–कुलेखानी हुँदै काठमाण्डौ आउजाउ गर्ने गाडी आज शुक्रब…

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते