इन्फो नेपाल — सञ्चारको सञ्जाल

३३ लाख ७० हजार रुपैयाँमा शौचालय निर्माण, नगरप्रमुख लामाले गरिन उद्घाटन

मकवानपुर: संघीय सरकारको खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले झन्डै ३४ लाख लागतमा निर्माण गरेको शौचालय हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामालेले उद्घाटन गरेकी छन । शौचालय विहीबार उद्घाटन गरेसँगै प्रयोगमा ल्याइएको छ । महिला, पुरुष र शारिरीक अशक्तहरुका लागि निर्माण भएको शौचालय सञ्चालनको लागि हेटौंडा उपमहानगरपालिका–४ नम्बर वडा कार्यालयलाई हस्तान्तरण गरिएको छ । हुप्राचौर खेल मैदानमा आउँने खेलाडी तथा अन्य व्यक्तिले शौचालयको प्रयोग गर्न सकिने व्यवस्था मिलाईएको छ । ३३ लाख ७० हजार ४५२ रुपियाँको लागतमा निर्माण भएको शौचालय हस्तान्तरण कार्यक्रममा आयोजना कार्यालयको प्रमुख उज्जवल प्रजापती र उपमहानगरपालिकाका नगर प्रमुख लामाले ४ नम्बर वडाका अध्यक्ष नवीन सिग्देललाई चाबी हस्तान्तरण गरेकाा थिए । कार्यक्रममा नगर प्रमुख लामाले संघीय सरकार मार्फत निर्माण भएको शौचालयको व्यवस्थापन सहितको जिम्मेवारी उपमहानगर र वडा कार्यालयले लिने बताइन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क