इन्फो नेपाल — सञ्चारको सञ्जाल

६ वर्षीय उमेशको पुरा भएन विद्यालय पुग्ने इच्छा, ट्रकले लियो ज्यान

मकवानपुर: बुधवार बिद्यालय हिडेका ६ बर्षीय उमेशको विद्यालय पुग्ने इच्छा अपुरै रह्यो । राष्ट्रिय आधारभूत बिद्यालयमा कक्षा एकमा पढ्ने उमेश विद्यालय नपुग्दै ट्रकको ठक्करबाट गम्भीर घाईते भए । उपचारको क्रमामा उनको बिहान ११ बजेर ४५ मिनेटको समयमा डाक्टरले मृतक घोषणा गरे । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७, रमनाटारमा ट्रकको ठक्करबाट घाईते भएका ६ वर्षीय उमेश प्रजालाई बिद्यालय नपुग्दै ट्रकले ठक्कर दिएको  जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ  । चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ५ ख ३७८३ नम्बरको खाली ट्रकले पैदलयात्री प्रजालाई ठक्कर दिएको थियो ।  ट्रकको ठक्करबाट प्रजा गम्भीर घाइते प्रजालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र मनहरी पठाएकोमा थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको थियो । उपचारको क्रममा बुधबार बिहान ११ बजेर ४५ मिनेटको समयमा पुरानो मेडिकल कलेज भरतपुर चितवनमा डाक्टरले मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ । ट्रक र ट्रकचालक प्रहरीको नियन्त्रणमा लिएर कानुनी प्रकिया अगी बढाईएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

हेटौंडा–कुलेखानी सडक आज बन्द, कान्ति लोकपथ प्रयोग गर्न आग्रह

हेटाैडा । मकवानपुर प्रशासनले हेटौंडा–भैंसे–भीमफेदी–कुलेखानी सडक आज एक दिनको लागि बन्द गरेको छ । मकवानपुरको हेटौंडा–भैंसे–भीमफेदी–कुलेखानी हुँदै काठमाण्डौ आउजाउ गर्ने गाडी आज शुक्रब…

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते